2026-07-05 10:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु

काठमाडौँ | गैरकानुनी बाटो हुँदै रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला श्रमिकको मृत्यु भएको छ । चिसोबाट बच्न कोइला बालेर सुतेका उनीहरूको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा पीपलमाढी–३ सिन्धुलीकी २१ वर्षीया अदिमाया तामाङ र हिलिहाङ–२ पाँचथरकी ५६ वर्षीया कमलादेवी लिम्बु रहेको कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण कोइला बालेर सुत्दा उनीहरूको मृत्यु भएको हो ।

उनीहरूको मृत्युबारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको थापामगरले बताए । दूतावासले पनि रोजगारदाता कम्पनीसँग समन्वय गरेर मृतकको शव नेपाल पठाउने कानुनी प्रक्रिया थालिसकेको जनाएको छ । केही दिनअघि मात्र प्यूठानको सरुमारानी बस्ने २१ वर्षीया यानीसरा घर्ती मगरले कुवेतमै आत्महत्या गरेकी थिइन् ।

यससँगै एक साताको अवधिमा कुवेतमा तीन जना घरेलु महिला कामदारले ज्यान गुमाएका छन् । पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली महिला घरेलु कामदारले आफूलाई घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।

साउदीमा पनि सुतेकै ठाउँमा नेपाली कामदारको मृत्यु
यसैगरी, रोजगारीको सिलसिलामा साउदी पुगेका दाङका एक युवाको आफू सुतेकै स्थानमा मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका–६ थपगाउँका ३८ वर्षीय अर्जुन सार्की रहेका छन् । सार्कीको राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।

उनी ३८ महिनाअघि काठमाडौंस्थित मोन्टेज म्यानपावरमार्फत साउदी पुगेका थिए । उनी त्यहाँको लजिस्टिक कम्पनीमा काम गर्दै आएका थिए । उनी कम्पनीमा काम गरी आफ्नै कोठामा खाना खाएर सुतेको अवस्थामा मृत फेला परेका हुन् ।

मृतकका परिवारजनले शवलाई नेपाल पठाइदिन रियादस्थित नेपाली दूतावास, संघ संस्था र नेपाल सरकारसँग आग्रह गरेका छन् । मृत्यु भएको कारण भने खुल्न सकेको छैन । मृतकको घरमा आमा, श्रीमती र दुई सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै