असार २, प्यूठान । दस महिनाको दुधे छोरा बोकेर झिमरुक गाउँपालिका-८ लिबाङ टिमुरचौर प्युठानकी देवा गिरी भोट माग्न मतदाताको घरघरमा पुग्नुभएको छ । दिनहुँजसो परिरहेको झरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २, प्यूठान । दस महिनाको दुधे छोरा बोकेर झिमरुक गाउँपालिका-८ लिबाङ टिमुरचौर प्युठानकी देवा गिरी भोट माग्न मतदाताको घरघरमा पुग्नुभएको छ । दिनहुँजसो परिरहेको झरी"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्युठानमा गाउँपालिकाकि उम्मेदवार दुधे छोरा बोकेर भोट माग्दै

२ असार २०७४, शुक्रबार ११:४१


असार २, प्यूठान । दस महिनाको दुधे छोरा बोकेर झिमरुक गाउँपालिका-८ लिबाङ टिमुरचौर प्युठानकी देवा गिरी भोट माग्न मतदाताको घरघरमा पुग्नुभएको छ । दिनहुँजसो परिरहेको झरीमा पनि उहाँले मतदाता भेट्न छुटाउनुभएको छैन ।

एमालेका तर्फबाट उहाँ झिमरुक गाउँपालिकाको उपप्रमुख पदमा उम्मेदवार बन्नुभएको हो । ‘छोरालाई घरमै राखेर हिँड्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘दूध खुवाउनुपर्छ । सँगै लगेर हिँड्छु।’ छोराको रेखदेख गर्न धेरैजसो श्रीमान्लाई सँगै लगेर हिँड्ने गरे पनि कहिलेकाहीँ एक्लै जाने गरेको उहाँको भनाए छ । ‘छोरालाई हेर्न धेरै दिदीबहिनीले पनि सहयोग गर्छन्’, गिरीले भन्नुभयो, ‘पानी पर्दा अलि समस्या हुँदो रहेछ।’ गाउँपालिका केन्द्रदेखि झन्डै दुई घन्टाको दूरीमा उहाँको घर छ ।

‘गाउँमा नियमित गाडी चल्दैनन्’, उहाँले भन्नुभयो, ‘पैदल हिँडेर घरमा जान समस्या भइरहेको छ ।’ चुनाव प्रचारप्रसारमा हिँड्न थालेको महिना दिन पुग्न थालेको उहाँले बताउनुभयो। हालसम्म बांगेमरोठ, ओखरकोट, तुषारा, लिबाङ क्षेत्रका मतदातालाई भेटेर भोट मागिसकेको उहाँले बताउनुभयो। बर्खा सुरु भएकाले झिमरुक खोला तरेर घरसम्म पुग्न समस्या हुने गरेको समेत उहाँको भनाइ छ।

तीन सन्तानकी आमा गिरीको साथमा कान्छो छोरा अशोक गिरी छन्। दुईवटा छोरा हुर्किसकेको श्रीमान् रामु गिरीले बताउनुभयो। ‘ श्रीमती चुनाव लडेकी छन्’, उहाँले भन्नुभयो, ‘घरमा समय मिलाएर उनलाई साथ दिन सँगै हिँड्ने गरेको छु।’

श्रीमती भोट माग्न हिँडिरहेको बेला आफूले छोराको रेखदेख गर्ने गरेको उहाँले बताउनुभयो। ‘सानै उमेरदेखि पार्टीमा लागेकी हुन्’, गिरीले भन्नुभयो, ‘जसरी पनि जिताउने गरी खटेका छौँ।’

एमाले प्यूठान क्षेत्र नं २ को क्षेत्रीय कमिटी सदस्यसमेत रहनुभएकी गिरी २०५१ सालदेखि नै पार्टीमा लाग्नुभएको हो । 

घरेलु एवं महिला हिंसा, लैंगिक एवं जातीय विभेदजस्ता पक्षलाई निराकरण गर्न आफू क्रियाशील रहने उहाँको प्रतिबद्धता छ । विकास निर्माणका सवाललाई निर्वाचनमा विजयी भएपछि मात्र ठोस योजना बनाएर अघि बढ्ने उहाँको तयारी छ । -अन्नपुर्ण पोष्ट अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या