असार ३१, काठमाडौं । रोल्पाको थवाङ गाउँ दसवर्षे सशस्त्र युद्धको केन्द्रमा थियो । यो गाउँमा चुनाव बहिस्कारको श्रृंखला निकै लामो छ । 

यसको मुल क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३१, काठमाडौं । रोल्पाको थवाङ गाउँ दसवर्षे सशस्त्र युद्धको केन्द्रमा थियो । यो गाउँमा चुनाव बहिस्कारको श्रृंखला निकै लामो छ । 

यसको मुल क"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थवाङका राजनीतिक उकाली-ओराली

२०७४, ३१ असार शनिबार ०२:०९


असार ३१, काठमाडौं । रोल्पाको थवाङ गाउँ दसवर्षे सशस्त्र युद्धको केन्द्रमा थियो । यो गाउँमा चुनाव बहिस्कारको श्रृंखला निकै लामो छ । 

यसको मुल कारण भनेकै थवाङीहरुले जहिल्यै राज्यबाट उपेक्षित ठाने। २०३८ सालमा रित्तो मतपेटिका फिर्ता भएको थवाङमा २०५४ मा चुनावै भएन। २०५६ को निर्वाचनमा २ जनाले मात्र मतदान गरेका थिए। २०६४ सम्म आईपुग्दा संविधानसभा पहिलो निर्वाचनमा थवाङको एकलौटी मत माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दहालको पोल्टामा पर्यो। थवाङीहरुको मन ०६४ फेरी भाँचियो । 

२०७० सालको संविधान सभामा एकमत पनि खसालेनन् । यहाँ सम्मकी थवाङलाई चुनाव निषेधित क्षेत्र घोषणा गरेर दलीय चुनावी प्रचारलाई पूर्ण रुपमै रोक लगाए। यो निर्वाचनका बेला थवाङमा हालका सभामुख ओनसरी घर्तीलाई थवाङीहरुले लखेटेका समेत थिए। चुनावी प्रचारका क्रममा थवाङको मरानठानामा पुगेर चुनावी सभा गर्दैगर्दा चुनावको बिरोधमा रहेका थवाङीहरुले प्रतिकारै गरेका थिए । 

विगतका यि सबै गतिविधिले पुष्टि गरेको थियो ‘सिंगो थवाङ एक छ।’

२०७० को संविधानसभा निर्वाचन पछि स्थानीय तहको निर्वाचन सम्म आईपुग्दा पुरै थवाङमा निर्वाचन बहिस्कारको ‘ह्याङ’ पूर्णरुपमा उत्रियो। गत वुधवार भएको स्थानीय तह निर्वाचनमा दुई वडा रहेको थवाङमा रहेको कुल दुईहजार बढि मत मध्य झण्डै १ हजार ५ सय मत खस्यो।

निकै चासोका साथ हेरिएको यसपटकको थवाङले तीन अकल्पनीय सन्देश प्रवाह गरिदिएको छ । प्रथमतः बहिस्कारको उर्दिलाई त ठाडै अस्वीकार गरिदियो नै। यसको प्रत्यक्ष उदाहरण बहिस्कार नीति बोकेकै विप्लव नेतृत्वको नेकपाका स्थानीय कार्यकर्ता उम्मेदवार बनेर चुनाव लडे। त्यति मात्रै हैन, यसपटकको स्थानीय तहको निर्वाचनले थवाङ समग्र रुपमा एक रहेनछ भन्ने सन्देश समेत दिएको छ । यसको कारण हो, बहिस्कारबादीको बलियो अखडा भनिएकै यो गाउँबाट बहिस्कारबादीकै ‘स्वतन्त्र’ उम्मेदवार पराजय हुनु ।

साविक थवाङ गाविसमा अहिले थवाङ गाउँपालिका अन्तर्गत दुई वटा वडा छन्। यो मध्य झण्डै १ हजार १ सय मतदाता रहेको दुई नम्बर वडामा ८ सय १२ मत खस्यो । विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका लीलाराम रोका स्वतन्त्र उम्मेदवारका रुपमा यहाँ अध्यक्षमा भिडे । विप्लवकै कार्यकर्ताको उम्मेदवारीले विप्लवको राम्रो प्रभाव मानिएको भनेर प्रचार गरिएको थवाङमा उनको जीतको आँकलन गर्न सहजै थियो। तर यो आँकलनलाई थवाङको बहुमतले पूर्णतः गलत सावित गरिदियो । रोका झण्डै एकसय मतको फरकले माओवादी केन्द्रका उम्मेदवार बसन्त रोकासंग पराजित हुनु पर्यो।

यहाँको एक नम्बर वडाका जनताले पनि ‘विभाजित थवाङ’को सन्देश मतदान मार्फत व्यक्त गरिदिएका छन्। एकहजार २ सय कुल मतदाता रहेको यो वडामा स्थानीय तहको निर्वाचनमा ६ सय १७ मत खस्यो। मत परिणाम हेर्दा यहाँका जनतापनि पचास/पचास प्रतिशतका आधारमा विभाजित बने। यहाँ विप्लव निकटस्थ स्वतन्त्र उम्मेदवार खर्कवहादुर बुढाले चुनावी जीत त निकाले तर यो जीतलाई उत्साहपुर्ण जीत मान्न नसकिने टिप्पणी भएको छ । कारण एक सय १३ मतको अन्तर मात्रै हुनु । यहाँका मतदाताले माओवादी केन्द्रका ग्रीस पुनलाई कडा प्रतिष्पर्धिका रुपमा उभ्याईदिए।

‘संगठित थवाङ’ का रुपमा प्रचार हुँदै आएको थवाङलाई आफ्नै दुईवडाको मत परिणामले विभाजीत थवाङको नयाँ उपमा दिईसकेको छ । स्थानीय निर्वाचनबाट यो दोस्रो अप्रत्यासीत सन्देश प्रवाह गरेको थवाङले तेस्रो अकल्पनीय परिणाम २०६४ यता सबै भन्दा ठूलो ‘सत्रु’का रुपमा बुझेको माओवादी केन्द्रलाई आफ्नै बहिस्कृत ईलाकामा ‘शानदार’ ईन्ट्री गराईदिएको छ । पछिल्लो संविधानसभा निर्वाचनमा चुनावी सभागर्न नदिएर लखेटेको थवाङले आफ्नै ईलाकाको गाउँपालिकाको अध्यक्षको सिंहासनमा माओवादीलाई बिराजमान गराईदिएको छ । 

यो गाउँपालिकाको केन्द्र थवाङमै हो । माओवादी केन्द्रको जीतले बिप्लबको कथित ‘बाहुबल क्षेत्र’लाई कमजोर सावित समेत गराईदिएको छ । दश बर्षे द्धन्दको उद्गम थलो थवाङलाई सम्मान स्वरुप आफ्नो बलियो ‘पकड एरिया’ ठान्दै आएको विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका लागि गाउँपालिकामा माओवादी केन्द्रको जीत पक्कै सहज सावित हुने देखिन्न ।

‘झ्वाट्ट हेर्दा थवाङको एकता भंग भएको जस्तो चुनावको परिणामले देखाईदिएको छ,’ गाउँपालिकाको अध्यक्षका उम्मेदवार अमित घर्तिले भने ‘तर अंकगणीतको जोड घटाउसँग भावना र बिचारको आँकलन गरिहुनहुन्न जस्तो मलाई लाग्छ।’ अध्यक्षमा स्वतन्त्र उम्मेदवार घर्ती विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन् । थवाङको संगठित मतको परिकल्पना गर्दै चुनावी परिणाम हत्याउने उनको योजना थवाङको वैचारिक बिभाजनले तुहिएको छ । बरु पुरानै बहिस्कारबादी दल माओवादीलाई थवाङले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जिताएको छ । 

यसैगरि यो गाउँपालिकाका कुल पाँच वडा मध्य चार वडामा माओवादीले जितेको छ । थवाङ गाउँपालिकामा माओवादी केन्द्रका वीरवहादुर घर्ती १ हजार ९ सय ९० मत लयाई विजयी भए भने प्रतिष्पर्धि घर्तीले एकहजार ५७ मत प्राप्त गरे । यसैगरि उपाध्यक्षमा पनि माओवादी केन्द्रकै रामकिरणी रोका एक हजार ९ सय ६९ मत प्राप्त गरि विजयी भईन्।

त्यसोत, यसपटकको निर्वाचनमा थवाङीहरुले माओवादी केन्द्रलाई मज्जैसंग भित्र्याएका छन् । विल्पव नेतृत्वको कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीच भएको तालमेललाई समेत माओवादी केन्द्रलाई हावा खुवाईदिएको छ। अध्यक्षमा कम्युनिष्ट पार्टीका स्वतन्त्र उम्मेदवार र उपाध्यक्ष कांग्रेसले लिने सम्झौतामा गरिएको चुनावी तालमेलमा पनि कांग्रेसकी श्रीकुमारी रोका उपाध्यक्षमा माओवादी केन्द्रसंग पराजित भईन्। ‘थवाङलाई सम्पूर्ण शक्ति लगाएर तोड्ने कुचेष्टा पहिले देखिनै भएकै थियो,’अमितले भने ‘अहिले सबै शक्तिको प्रयोग गरेर ति बर्गहरु सल्बलाउन सफल भएका छन्।’

माओवादी केन्द्रले थवाङको बिजयलाई आफ्नो ‘पुनरागमन’ भनेको छ। माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं राप्ती—ईन्चार्ज दिपेन्द्र पुनले थवाङी जनता र माओवादी केन्द्रविच विगतका ईतिहासको लामो समिक्षाका बावजुत यो नतिजा आएको बताउँछन्। ‘उहाँहरुले पनि पहिलेको निर्वाचन बहिस्कार र परिणामको विश्लेषण गर्नुभयो,र हामीहरुले पनि उहाँहरु सामु गएर विगतका कमीकमजोरीका समिक्षा गर्दै सुधारेर अघि बढ्ने बिषयमा छलफल गर्यौँ,’पुनले भने ‘दुबै पक्षको यो समिक्षाकै फलका रुपमा यो चुनावी नतिजा आएको हो ।’ 

माओवादीले असन्तुष्ट थवाङलाई अब आफ्नै जनप्रतिनीधीले चित्ता बुझाउँदै अँझै सुमधुर सम्बन्ध बिस्तार गर्ने अठोट समेत लिएको छ। थवाङ सहित साविकका उवा र मिरुल गाविस मिलाएर थवाङ गाउँपालिका बनाईएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह