साउन २०, बैतडी । भैंसीपालन प्रवद्र्धन र पशु बिमा बढाउन सरकारले सुरु गरको सुत्केरी भैंसीलाई भत्ता वितरणमा कृषकको आकर्षण बढेको छ ।

भैंसीपालन व्यावसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २०, बैतडी । भैंसीपालन प्रवद्र्धन र पशु बिमा बढाउन सरकारले सुरु गरको सुत्केरी भैंसीलाई भत्ता वितरणमा कृषकको आकर्षण बढेको छ ।

भैंसीपालन व्यावसा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बैतडीमा एक सय भैंसीलाई सुत्केरी भत्ता वितरण गरियो

२० श्रावण २०७४, शुक्रबार ०२:२६


साउन २०, बैतडी । भैंसीपालन प्रवद्र्धन र पशु बिमा बढाउन सरकारले सुरु गरको सुत्केरी भैंसीलाई भत्ता वितरणमा कृषकको आकर्षण बढेको छ ।

भैंसीपालन व्यावसायिक बनाउन गत आवदेखि भैंसीलाई सुत्केरी भत्ता कार्यक्रम लागू गरिएको हो। पहिलो चौमासिकमा शून्य सहभागिता भए पनि आवको अन्तमा १ सय भैंसीलाई सुत्केरी भत्ता वितरण गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । प्रक्रिया र लाभबार जानकार नहुदा कृषक बिमामा सहभागी हुन सकेका थिएनन् ।

पशु बिमा गरका सुत्केरी भैंसीलाई २ हजार ५ सयका दरले पोषण र उपचार खर्चबापत भत्ता दिइदै आएको छ । ब्याउनु एक महिनाअघि वा ब्याएको २ महिनाभित्र पशु सेवा केन्द्रमा सुत्केरी भत्ताका लागि निवेदन दिनुपर्ने प्रावधान छ ।

कृषकको निवेदन र पशु स्वास्थ्य प्राविधिकको सिफारिसमा भत्ता दिइने व्यवस्था छ । सुत्केरी भत्ता पाएपछि कृषकहरू भैंसीपालनमा आकर्षित हुन थालेका छन्। पशु र बाली बिमा गर्दा सरकारले प्रिमियममा ७५ प्रतिशत अनुदान दि“दै आएको छ । 

बिमा गरका भैसीलाई मात्रै भत्ता दिने व्यवस्था भएकाले सुरुमा कृषकले चासो दिएका थिएनन्। बिमा गरका पशुको मृत्युपछि रकम पाएको देखेर पशु बिमामा आफूहरूले चासो दिन थालेको दोगाडाकेदार ५ का पदमसिंह भाटले बताए । 

‘पशु बिमा गर्दा कृषकले थोरै तिनुपर्छ, मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति पाइन्छ,’ भाटले भने, ‘ब्याउने भैंसीलाई थप सुत्केरी भत्ता छ, बिमाको महत्व बुझेपछि

भैंसीपालनमा चासो बढेको हो ।’ सस्तोमा बेचेर तराई पठाउन थालेका कृषकमा बिमा र सुत्केरी भत्ताले आकर्षित गराएको उनले बताए । -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली