साउन २०, बैतडी । भैंसीपालन प्रवद्र्धन र पशु बिमा बढाउन सरकारले सुरु गरको सुत्केरी भैंसीलाई भत्ता वितरणमा कृषकको आकर्षण बढेको छ ।

भैंसीपालन व्यावसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २०, बैतडी । भैंसीपालन प्रवद्र्धन र पशु बिमा बढाउन सरकारले सुरु गरको सुत्केरी भैंसीलाई भत्ता वितरणमा कृषकको आकर्षण बढेको छ ।

भैंसीपालन व्यावसा"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बैतडीमा एक सय भैंसीलाई सुत्केरी भत्ता वितरण गरियो

२०७४, २० श्रावण शुक्रबार ०२:२६


साउन २०, बैतडी । भैंसीपालन प्रवद्र्धन र पशु बिमा बढाउन सरकारले सुरु गरको सुत्केरी भैंसीलाई भत्ता वितरणमा कृषकको आकर्षण बढेको छ ।

भैंसीपालन व्यावसायिक बनाउन गत आवदेखि भैंसीलाई सुत्केरी भत्ता कार्यक्रम लागू गरिएको हो। पहिलो चौमासिकमा शून्य सहभागिता भए पनि आवको अन्तमा १ सय भैंसीलाई सुत्केरी भत्ता वितरण गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । प्रक्रिया र लाभबार जानकार नहुदा कृषक बिमामा सहभागी हुन सकेका थिएनन् ।

पशु बिमा गरका सुत्केरी भैंसीलाई २ हजार ५ सयका दरले पोषण र उपचार खर्चबापत भत्ता दिइदै आएको छ । ब्याउनु एक महिनाअघि वा ब्याएको २ महिनाभित्र पशु सेवा केन्द्रमा सुत्केरी भत्ताका लागि निवेदन दिनुपर्ने प्रावधान छ ।

कृषकको निवेदन र पशु स्वास्थ्य प्राविधिकको सिफारिसमा भत्ता दिइने व्यवस्था छ । सुत्केरी भत्ता पाएपछि कृषकहरू भैंसीपालनमा आकर्षित हुन थालेका छन्। पशु र बाली बिमा गर्दा सरकारले प्रिमियममा ७५ प्रतिशत अनुदान दि“दै आएको छ । 

बिमा गरका भैसीलाई मात्रै भत्ता दिने व्यवस्था भएकाले सुरुमा कृषकले चासो दिएका थिएनन्। बिमा गरका पशुको मृत्युपछि रकम पाएको देखेर पशु बिमामा आफूहरूले चासो दिन थालेको दोगाडाकेदार ५ का पदमसिंह भाटले बताए । 

‘पशु बिमा गर्दा कृषकले थोरै तिनुपर्छ, मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति पाइन्छ,’ भाटले भने, ‘ब्याउने भैंसीलाई थप सुत्केरी भत्ता छ, बिमाको महत्व बुझेपछि

भैंसीपालनमा चासो बढेको हो ।’ सस्तोमा बेचेर तराई पठाउन थालेका कृषकमा बिमा र सुत्केरी भत्ताले आकर्षित गराएको उनले बताए । -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म