साउन २२, काठमाडौँ । ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दमनका लागि चरणवद्ध प्रयास गरिरहेको ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारले आन्दोलनको अग्रमोर्चामा रहेको गोर्खा ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, काठमाडौँ । ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दमनका लागि चरणवद्ध प्रयास गरिरहेको ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारले आन्दोलनको अग्रमोर्चामा रहेको गोर्खा ज"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गोर्खाल्याण्ड’ आन्दोलन: अग्रमोर्चामा रहेका नेताहरुलाई पक्रन सुरु

२२ श्रावण २०७४, आईतवार ०२:४४


साउन २२, काठमाडौँ । ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दमनका लागि चरणवद्ध प्रयास गरिरहेको ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारले आन्दोलनको अग्रमोर्चामा रहेको गोर्खा जनमुक्ति मोर्चाको नेताहरुलाई पक्रन थालेको छ। 

बंगाल सरकारले निगरानीमा राखेको २३ भन्दा बढी मोर्चाका नेता मध्ये तल्लो तहका नेताहरुलाई पक्रन शुरु गरेको हो।

भारतीय प्रहरीले पूर्व सभासद नर्वुजी लामालाई शुक्रबार मध्यरातमा सिलिगुडीबाट पक्राउ गरेको गोर्खा जनमुक्ति मोर्चाकी महिला नेतृ निरा शर्माले बताइन्।

उनले बंगाल सरकारको निशानामा दोस्रो र तेस्रो तहका नेताहरु पर्न थालेको भन्दै आफूहरु पनि असुरक्षित बन्दै गएको बताइन्।

बंगाल सरकारले लामालाई भानु भवनमा आक्रमण गरेको सहितका २५ मुद्दा लगाएको छ। आन्दोलनका क्रममा पहाडमा दर्जनौ सरकारी भवन, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुगेको छ।

घटनाको छानविनका लागि सरकारले जासुस परिचालन गरेको शर्माले जानकारी दिइन्। लामालाई शनिबार नै जिल्ला अदालत सिलिगुडीमा उपस्थित गराइएको छ।

मोर्चाको सुकुना पानीघट्टा क्षेत्रका अध्यक्ष रमेश श्रेष्ठको घरमा पनि प्रहरी र सिआरपिएफको समुहले खानतलासी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठले तृणमुल कांग्रेसका स्थानीय नेताको सुराकीमा खानतलासी भएको आरोप लगाएका छन्।

अहिलेसम्म ११ जनाले ज्यान गुमाई सकेको गोर्खाल्याण्ड आन्दोलनमा २५ भन्दा बढी घाइतेको अवस्था चिन्ताजनक रहेको विषयमा खास गम्भिर नदेखिएको बंगाल सरकारले मोर्चा विरुद्ध चालेको अर्को कदमलाई गम्भिरताका साथ लिएको शर्माले बताइन्।

१६ दिन देखि अनशनमा बसेका १२ जना युवाको अवस्था चिन्ताजनक बनेपनि बंगाल सरकारले उनीहरुको जीवनप्रति वास्ता नगरेको विद्यार्थी मोर्चाका प्रवक्ता सन्दिप क्षेत्रीले आरोप लगाए।

दार्जिलिङमा नोरजेन डुक्पा,अमित सुब्बा र राकेश क्षेत्री, कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली र अजित रोक्का, मिरिकमा कुशल खनाल, कञ्चन क्षेत्री र धन प्रसाद सुब्बा र खरसाङमा अनोज थापा, नरेन खवास र श्रेय राई अनशन बसेका छन्। उनीहरुको मृगौलासहितको अंगमा समस्या देखिएको डक्टरहरुले बताएका छन्।

अहिलेसम्म ११ जनाले ज्यान गुमाई सकेको गोर्खाल्याण्ड आन्दोलनमा २५ भन्दा बढी घाइतेको अवस्था चिन्ता जनक छ।

१२ दिन देखि अनशनमा बसेका १२ जना युवाको अवस्था चिन्ताजनक बनेको विद्यार्थी मोर्चाका प्रवक्ता समेत रहेका सन्दिप क्षेत्रीले बताए।

दार्जिलिङमा नोरजेन डुक्पा, अमित सुब्बा र राकेश क्षेत्री, कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली र अजित रोक्का, मिरिकमा कुशल खनाल, कञ्चन क्षेत्री र धनप्रसाद सुब्बा र खरसाङमा अनोज थापा, नरेन खवास र श्रेय राई अनशन बसेका छन्। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति