भदौ ७, काठमाडौं । साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ। क्षति भएको संरचना पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, काठमाडौं । साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ। क्षति भएको संरचना पुर"/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोले २७ राजमार्ग र २१ पुलमा क्षति

७ भाद्र २०७४, बुधबार ०२:०५


भदौ ७, काठमाडौं । साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ। क्षति भएको संरचना पुरानै अवस्थामा पुर्‍याउन ३ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको सडक विभागको भनाइ छ ।

नेपालमा साना प्रकोपका लागि पूर्वतयारी हुने भए पनि ठूलो परिमाणको क्षति पुर्‍याउने प्रकोपलाई न्यूनीकरण गर्न सरकारी योजना न्यून भएकाले यति ठूलो क्षति हुने गरेको सडक विभाग, योजना तथा डिजाइन महाशाखा प्रमुख दयाकान्त झाको भनाइ छ। ‘हाम्रो प्रयास जारी छ, तर पर्याप्त छैन,’ उनले भने।

प्रतिकिलोमिटर सडक ३ देखि ५ करोड लागत

सडक इन्जिनियरहरूका अनुसार सडक मर्मत गर्नभन्दा नयाँ सडक निर्माण गर्नु सहज हुन्छ। सडक मर्मत गर्न देशभर जम्मा पाँचवटा मात्र निर्माण कम्पनी छन्। त्यसमा पनि पुल निर्माण गर्न कोही पनि चाहँदैन। किनकि यो जोखिमयुक्त हुन्छ। सडक विभागका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमेशकुमार सिंहका अनुसार नेपालमा ठाउँविशेष सडक निर्माण लागत फरकफरक छ। तर, न्यूनतम तीन करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँ लागतमा एक किलोमिटर सडक निर्माण हुन्छ। ‘हिमाली र पहाडी क्षेत्रमा केही बढी पर्छ भने तराईमा कम पर्छ,’ उनले भने। यो माटे सडक कालोपत्रे गर्दासम्मको प्रतिकिलोमिटर लागत हो।

एक मिटर पुललाई २५ लाखसम्म

पुल निर्माण कुन ठाउँमा निर्माण गर्ने, कुन डिजाइनमा निर्माण गर्नेलगायतका विषयमा यसको निर्माण लागत निर्धारण हुने गरेको छ। तर, सडक विभागका अनुसार १ मिटर पुल निर्माण गर्न औसतमा न्यूनतम १५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँ आवश्यक पर्छ।

पूर्ण रूपमा नयाँ बनाउनुपर्ने चार पुल

१. रुसले बनाइदिएको पुल क्षतिग्रस्त

पूर्वपश्चिम राजमार्गको सप्तरीमा पर्ने यस पुलको दायाँ पहुँच स्ल्याब र पाइप कल्भर्टमा क्षति पुगेको छ। अहिले एकतर्फी गाडी सञ्चालनमा रहेको छ। क्षति भएको स्थानमा ग्याबिन पर्खाल, माटो भर्ने र ग्राभेलको काम सुरु गरिएको छ। यो रसियाले नेपाललाई बनाइदिएको पुल हो। यसको आयु सम्पन्न भइसकेको र नयाँ निर्माणका लागि सडक विभागले तयारी गरिरहेको सडक विभागका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमेशकुमार सिंहले बताए। सामान्यतया एउटा सडक पुलको आयु न्यूनतम ४० वर्षदेखि अधिकतम ५० वर्ष हुन्छ।

२. धनुषा–महोत्तरी सीमा पुलमा क्षति

धनुषा र महोत्तरीको सिमानामा रहेको यस पुलमा क्षति भएपछि एकपटकमा एउटा गाडी मात्र पार गर्न दिइएको छ। पुलको एउटा खम्बा क्षतिग्रस्त भएको छ। यो पुल पनि मर्मत हुन नसक्ने र नयाँ निर्माण गर्नुपर्ने गरी क्षति भएको पुल हो। रसियाले नै निर्माण गरिदिएको यो पुल पनि आयु सकिएको पुल हो।

३. पुलको आधारस्तम्भ नै भत्कियो

पूर्वपश्चिम राजमार्ग र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने यो पुलको आधारस्तम्भ (फाउन्डेसन) नै भत्किएको छ। अहिले यो सडक भएर सवारी सञ्चालन भएका छैनन्। यो पुल निर्माणाधीन अवस्थामै रहेको थियो। यो पुल के कारणले भत्कियो भन्ने विषयमा अध्ययन गरेर मात्र थप बताउन सकिने सडक विभागको भनाइ छ ।

४. माडी चितई खोला पुल

डिभिजन सडक कार्यालय भरतपुरअन्तर्गत रहेको यो पुल भाँचिएको छ। चितवनको बरुवा बजारमा ३ स्पानको पुल भाँचिएर सडक अवरुद्ध रहेको छ। यो पुलबारे पनि थप अध्ययन गरेर मात्र बताउन सकिने विभागले जानकारी दिएको छ। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति