२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँ-कहाँ भयो कांग्रेस–माओवादी तालमेल ?

२०७४, २१ भाद्र बुधबार ०१:५९

भदौ २१, काठमाडौँ । सत्तारूढ प्रमुख दुइ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावी तालमेललाई तेस्रो चरणमा पनि निरन्तरता दिएका छन् ।

उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार वटा नगरपालिकामा तालमेल करिब टुंगिएको छ । अन्य नगर र गाउँपालिकाको तालमेलबारे राति अबेरसम्म छलफल जारी छ । दुवै पार्टीभित्र आन्तरिक विवादका कारण अन्तिम समयमा फेरबदल नभए बुधबार हुने उम्मेदवारी दर्ताका क्रममा तालमेलबाट उम्मेदवार खडा हुनेछन् ।

धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा कांग्रेसका प्रमुख, माओवादीका उप्रमुख तथा सर्लाहीको लालबन्दी र बाराको जितपुर सिमरा उपमहानगरमा माओवादीका प्रमुख, कांग्रेसका उपप्रमुख हुने गरी तालमेलको अन्तिम तयारी भएको स्रोतले बतायो । त्यसबाहेक गोलबजार, हरिऔन, मिर्चैया, कर्जन्नाहलगायतका नगरपालिकामा पनि तालमेल गर्नेबारे छलफल भइरहेको छ ।

माओवादी केन्द्रका प्रदेश २ संयोजक विश्वनाथ साहका अनुसार उम्मेवारी दर्ताको अन्तिम समयसम्म पनि तालमेलको पहल जारी रहनेछ । कांग्रेस र माओवादीका नेताहरू वडासम्मै पनि मिलाउनुपर्ने भएकाले तालमेलका लागि अझै कसरत गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदारसँग तालमेल गर्नेबारे स्पष्ट पारेका छन् । उनले तालमेलको सम्भावनालाई ख्याल गरेर धेरै स्थानमा मिलाउने प्रयास भइरहेको जानकारी दिए । ‘तालमेलबारे छलफल भइरहेको छ, तर कसरी अघि बढ्छ भन्न सकिन्न,’ मंगलबार प्रधानमन्त्री देउवाले भने, ‘केही ठाउँमा तालमेल गर्ने विषयमा छलफल भइरहेको छ ।’

केही स्थानमा उम्मेदवारी दर्ता भएपछि पनि फिर्ता लिने समयसम्म तालमेल मिलाउने प्रयास हुनेछ । नेताहरूले बुधबार मनोनयन परेर फिर्ता लिने समयभित्र तालमेलका विषयमा ठोस छलफल अघि बढ्ने बताएका छन् । कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच एमालेको प्रभाव क्षेत्र रहेका पूर्वपश्चिम राजमार्ग आसपासका करिब एक दर्जन स्थानीय तहमा तालमेल गर्नेबारे छलफल भइरहेको छ । 

माओवादी केन्द्रले राजमार्ग क्षेत्रमा आफ्नो संगठन राम्रो रहेकाले सकेसम्म ती क्षेत्रमा आफूलाई छाडिदिन कांग्रेससँग आग्रह गर्दै आएको छ । राजमार्ग क्षेत्रका स्थानीय तहमा छोडे बाँकी धेरै स्थानमा सहयोग गर्ने वचन कांग्रेसलाई माओवादीले दिएको छ । कांग्रेसले राजपासँग पनि तालमेलको तयारी गरिरहेको छ । राजपासँग नै तालमेल भए ती ठाउँमा पनि सघाउने धारणा माओवादी नेताहरूले कांग्रेससँग राखेका छन् ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने माओवादीसँगको तालमेलको विरोधमा छ । यसअघि भएको तालमेलले कांग्रेसलाई नभएर माओवादीलाई मात्रै फाइदा पुगेको भन्दै पौडेल पक्षले विरोध गरेको हो । ‘तालमेल गर्नुको अर्थ नै माओवादीलाई केही सिट जिताउन सहयोग गर्नु हो,’ पौडेल पक्षीय एक नेताले भने, ‘माओवादीसँगको तालमेलले उल्टो कांग्रेसले केही सिट गुमाउनेछ ।’ 

सभापति देउवा भने एमालेलाई कमजोर बनाउन र माओवादीलाई फकाउन पनि तालमेल गरेर जाने पक्षमा उभिएका हुन् । यसअघि कांग्रेस र माओवादीले दुई महानगरमा तालमेल गरेकोमा भरतपुर महानगरमा माओवादीले प्रमुख जिते पनि पोखरा महानगरमा तालमेलका बाबजुद कांग्रेसका उम्मेदवार पराजित भएका थिए । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता