२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सरकारी गाडीमा चुनाव प्रचार गर्ने मन्त्रीहरु

२०७४, ३ मंसिर आईतवार ०१:४६

मंसिर ३, काठमाडौँ । बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । 

गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन् । संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् ।

सात मन्त्री सरकारी गाडीमा चुनाव प्रचार गर्दै

बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । कांग्रेसको तर्फबाट बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सिँचाइमन्त्री सञ्जयकुमार गौतम, बर्दिया २ बाट उम्मेदवार बनेका भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, सोही क्षेत्रबाट माओवादी उम्मेदवार रहेका विनाविभागीयमन्त्री सन्तकुमार थारूले चुनाव प्रचारमा सरकारी गाडी कुदाइरहेका छन् । 


आजको नयाँ पत्रिकामा खबर छ-थारूले जिल्ला प्रशासनबाट गाडी झिकाएर प्रयोग गरिरहेका छन् भने दहित र गौतमले मन्त्रीको हैसियतमा चढ्ने गाडी प्रयोग गरेका छन् ।

कांग्रेसका तर्फबाट धनुषा २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कृषिमन्त्री रामकृष्ण यादव, कांग्रेसकै तर्फबाट धनुषा ४ मा उम्मेदवार बनेका खानेपानीमन्त्री महेन्द्र यादव र माओवादीका तर्फबाट धनुषा ३ मा उम्मेदवार बनेका विनाविभागीयमन्त्री रामसिंह यादवले पनि सरकारी गाडी दुरुपयोग गरिरहेका छन् । 

माओवादीको तर्फबाट कालिकोटमा प्रदेश सभामा उम्मेदवार रहेका विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरु–सुरुमा चुनाव प्रचारमा सरकारी गाडी प्रयोग गरेका थिए । स्थानीयस्तरमा आलोचना हुन थालेपछि उनले सरकारी गाडीको प्रयोग रोकेका छन् ।

त्यस्तै, उर्जाराज्यमन्त्री कुन्ती शाहीले पनि सरकारी गाडीको दुरुपयोग गरिरहेकी छिन् । उनले सरकार र संसद सचिवालयबाट दोहारो गाडी सुविधा लिएकी छिन् । संसद विघटन भइसक्दा पनि उनी सचिवालयबाट लिएको बा.२झ १६९२ नम्बरको गाडी अझै फिर्ता गरेकी छैनन् । समानुपतिक उम्मेदवार रहेकी उनी गृहजिल्ला दैलेखमा चुनावी प्रचारमा छिन् ।

पूर्वउपसभामुख यादव निर्वाचन अवधिभर जिल्लामै

सरकारी गाडी फिर्ता नगरेका संसद्का पूर्वपदाधिकारीहरू चुनावी प्रचारमा गृहजिल्लामा व्यस्त छन् । पूर्वउपसभामुख यादव १० दिनदेखि सप्तरीमा छन् । स्रोतका अनुसार उनी तत्काल काठमाडौं फर्किने मनस्थितिमा छैनन् । लोकतान्त्रिक फोरमको सचेतकको हैसियतमा सरकारी गाडी प्रयोग गरिरहेका चौधरी अहिले दाङमा छन् । माओवादी केन्द्रकी नेतृ सीता नेपालीसमेत एक महिनादेखि सुर्खेतमा छिन् । 

उनी दोस्रो चरणको निर्वाचन अर्थात् २१ मंसिरपछि मात्रै काठमाडौं फर्किने छिन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सभापतिको हैसियतमा सरकारी गाडी प्रयोग गरिरहेका कांग्रेस नेता भीष्मराज आङदेम्बेले भने शुक्रबार गाडी फिर्ता गरेको संसद् सचिवालयले जनाएको छ । स्रोतका अनुसार सामाजिक न्याय तथा मानवअधिकार समितिको सभापतिको हैसियतमा सरकारी गाडी प्रयोग गर्दै आएका राप्रपाका श्रेष्ठ हाल गृहजिल्ला महोत्तरीतिर छन् ।

निजी गाडी चढ्छन् शीर्ष नेता

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका सरकारमा सहभागी विभिन्न दलका शीर्ष नेताहरू भने निजी गाडी प्रयोग गरिरहेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरू गोपालमान श्रेष्ठ, कृष्णबहादुर महरा, विजयकुमार गच्छदार, कमल थापाले चुनाव प्रचारका लागि निजी तथा भाडाका गाडी प्रयोग गरेका छन् ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी विनाविभागीयमन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, शिवकुमार मण्डललगायतले निजी सवारीसाधन प्रयोग गरिरहेका छन् । त्यस्तै, भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर, कानुनमन्त्री यज्ञबहादुर थापा, वाणिज्यमन्त्री मीन विश्वकर्मा राज्यमन्त्रीहरू नरबहादुर चन्द, डिल्ली चौधरीलगायतले पनि भाडाका सवारीहरू प्रयोग गरिरहेका छन् ।

संसद्का गाडी पनि दुरुपयोग

संसद् विघटन भएको एक महिना बितिसक्दा पनि पूर्वउपसभामुख गंगाप्रसाद यादवले संसद् सचिवालयबाट सुविधामा लिएको गाडी फिर्ता गरेका छैनन् । सरकारी गाडी चढेर उनी गृहजिल्ला सप्तरीमा वाम गठबन्धनको प्रचार गरिरहेका छन् ।

राप्रपा नेता सुशीलकुमार श्रेष्ठले पनि संसदीय समितिको सभापतिका हैसियतमा सचिवालयबाट लिएको बा.१झ ८४९६ गाडी फिर्ता गरेका छैनन् । उनले सरकारबाट पनि बा.१झ ५२०९ नम्बरको गाडी लिएका छन् ।

तत्कालीन लोकतान्त्रिक फोरमको प्रमुख सचेतकको हैसियतमा सचिवालयको गाडी लिएका योगेन्द्रप्रसाद चौधरीले पनि अझै फिर्ता गरेका छैनन् । उनी गृहजिल्ला दाङमा चुनाव प्रचारमा छन् ।

त्यस्तै, माओवादी केन्द्रकी सचेतकको हैसियतमा पाएको सुविधाको गाडी सीता नेपालीले पनि फिर्ता गरेकी छैनन् । उनी गृहजिल्ला सुर्खेतमा चुनाव प्रचारमा छिन् ।

पदको दुरुपयोग गर्ने मन्त्रीलाई कारबाही : आयोग

निर्वाचन आयोगले सरकारी गाडी चढेर चुनाव प्रचारमा जाने मन्त्रीमाथि कारबाही हुने बताएको छ । सरकारी गाडी चढेर निर्वाचन प्रचारमा गएमा आचारसंहिता उल्लंघन हुने आयोगका प्रवक्ता नवराज ढकालले बताए । 

‘सरकारी कामकाजका लागि उहाँहरूले सरकारी गाडी प्रयोग गर्न पाउनुहुन्छ, तर चुनाव प्रचारप्रसारमा हिँड्दा प्रयोग गर्न पाउनुहुन्न । चुनाव प्रचारमा सरकारी गाडीको प्रयोग गरेको पाइए निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गरी कारबाही गरिनेछ,’ उनले भने । बहालवाला मन्त्रीमध्ये अधिकांश हाल चुनाव प्रचारका लागि उपत्यकाबाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने