१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसको यस्तो तयारी

७ मंसिर २०७४, बिहीबार ०३:०२

मङ्सिर ७, काठमाडौं । वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ । 

प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्।

कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई अध्ययन गरेपछि कांग्रेस-मधेसवादी गठबन्धनको औपचारिक घोषणा हुनेछ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार पार्टीले नेता विमलेन्द्र निधि र मीनेन्द्र रिजालको अगुवाइमा मधेसवादी दलसित चुनावी गठबन्धन गर्न औपचारिक प्रस्ताव पठाएको हो। निधि स्वास्थ्यलाभका लागि काठमाडौं आएका छन्। प्रदेश २ को चुनाव मंसिर २१ मा हुने भएकाले रिजाल त्यसअघि मोरङको आफ्नै चुनावी क्षेत्रमा व्यस्त हुनेछन्।

देशैभरि वाम गठबन्धनले आक्रामक चुनाव तयारी गरेपछि कांग्रेस फोरम र राजपासँग हात बढाउन प्रयासरत

विराटनगरबाट अन्नपूर्णसँग नेता रिजालले लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिने प्रयासस्वरूप मधेसकेन्द्रित दलहरूसँग कुरा भइरहेको खुलाए। ‘लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिन राजपालगायत साथीहरूसित प्रयास भइरहेको छ,' रिजालले भने, ‘हामी यसलाई ठोस स्वरूपमा ल्याउन कुराकानी गरिरहेका छौं।' प्रधानमन्त्रीका सल्लाहकार दिनेश भट्टराईले क्षेत्रीय स्तरमा कार्यगत एकता प्रयास भइरहेको बताए।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा सहकार्यका लागि कुराकानी भइरहेको जानकारी दिए। उनले अहिलेसम्म ठोस सहमति बनिनसके पनि प्रदेश २ का लागि समझदारी बन्न सक्ने सम्भावना औंल्याए। ‘अहिलेसम्म ठोस निर्णय भइसकेको छैन, काठमाडौंमा हाम्रा साथीहरू कांग्रेससँग कुराकानीमा हुनुहुन्छ,' यादवले भने।

यसअघि असोज १७ गते एमाले र माओवादीबीच गठबन्धन बनेको २४ घन्टा नबित्दै कांग्रेसले राप्रपा प्रजातान्त्रिक लगायतसँग सहकार्य गर्ने घोषणा गरेको थियो। त्यसयता लोकतान्त्रिक गठबन्धनले विभिन्न चुनाव क्षेत्रमा उम्मेदवारबीच सहमति निर्माण गर्न खोजे पनि वाम गठबन्धनको तुलनामा अड्चनहरू झेल्नुपरेको थियो।

मधेसवादीसँग औपचारिक सहमति नबन्दै कांग्रेसले फोरम अध्यक्ष यादव र राजपा अध्यक्ष ठाकुरलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता गराइसकेको थियो। तर, धनुषामा निधि र राजपाका अर्का अध्यक्ष राजेन्द्र महतोबीचको टकराव व्यवस्थापन गर्न दुवै पक्षलाई अप्ठ्यारो परेको छ। 

फोरमका केन्द्रीय नेता योगेन्द्र यादवले भने, ‘प्रदेश २ को मुख्य भिडन्त भनेको निधि र महतोकै हो, त्यसलाई मिलाउन सकियो भने गठबन्धन प्रयास अघि बढ्छ। नत्र भन्न सकिन्न।'

राजपा नेता वृषेशचन्द्र लालले कांग्रेस र आफ्नो दलका राष्ट्रिय अध्यक्षका लागि एकअर्कालाई सघाउने दुईपक्षीय नीति बन्न सक्ने तर प्रदेशसभामा भने प्रतिस्पर्धा नै हुने बताए। 

यसअघि केही चरणका बैठकमा गठबन्धन प्रयास भए पनि असफल भएकाले अब उम्मेदवार विशेषका लागि सहयोग आदानप्रदानमा छलफल केन्द्रित हुने उनले जानकारी दिए। ‘अहिले त्यसैका लागि कुराकानी भइरहेको हो, छुट्टै गठबन्धन भनेर जान अलिकति ढिला भइसक्यो,' लालले भने, ‘तैपनि हेरौं, शीर्ष नेताको तहमा के कुरा हुन्छ।' अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो