२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सन

२०७४, ८ मंसिर शुक्रबार ०२:१५

मंसिर ८, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ । 

पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । 

विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे । आजको अन्नपूर्णमा खबर छ-उनले गोप्य रूपमा निर्वाचनविरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिँडेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडगबहादुर खत्रीले विप्लवका कार्यकर्तासँगै निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचना पाएपछि वाङदुङलाई पक्राउ गरिएको बताए । खत्रीले भने, ‘वाङदुङलाई कसैले प्रयोग गरेका हुन् वा आफैँ निर्वाचनविरोधी गतिविधिमा संलग्न भएका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’

नेपाली युवतीसँग विवाह गरेका उनले पोखरामा ट्याक्सी चलाउने काम गर्दै आएका थिए । वाङदुङ पोखराको पेन्जोलिङ तिब्बती क्याम्पमा बस्छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । 

वाङदुङ मात्र हुन् वा अन्य शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ‘संस्थागत रूपमा हाम्रो कुनै राजनीतिक दलसँग कुनै आबद्धता छैन’, एक तिव्बती क्याम्पका प्रमुखले भने, हामी शरणार्थीको रूपमा नै बसेका छौं । 

विभिन्न स्वार्थले व्यक्ति विशेषको कहीं, कतै कनेक्सन हुन सक्छ, त्यसमा हाम्रो समुदायले जिम्मा लिँदैन ।’ स्थानीय तहको निर्वाचनताकासमेत उनले विप्लवका कार्यकर्ताको नजिकै रहेर निर्वाचनविरोधी गतिविधि गरेको र आसन्न निर्वाचनमा समेत उनले सक्रिय भूमिका निर्वाह गर्नसक्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उनीमाथि सार्वजनिक मुद्दा लगाएको छ । उनी स्पष्ट नेपाली बोल्न सक्छन् । वाङदुङ एक्लै हुन् या अन्य तिब्बती शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका छन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्थानीय तहको निर्वाचनका बेलामा समेत तिब्वती शरणार्थी वाङदुङले विप्लवका कार्यकर्तासँगको मिलेमतोमा निर्वाचनविरोधी गतिविधि गर्न सक्रिय भएका थिए ।प्रहरीले वाङदुङलाई स्थानीय तहको निर्वाचनका बेलासमेत पक्राउ गरेको थियो । 

शरणार्थीको रूपमा आ श्रय लिएका कुनै पनि व्यक्ति राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानुनी मानिन्छ । काठमाडौं, ललिपुर, पोखरालगायत स्थानमा ठूलो संख्यामा तिब्बती शरणार्थी बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी