१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सन

८ मंसिर २०७४, शुक्रबार ०२:१५

मंसिर ८, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ । 

पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । 

विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे । आजको अन्नपूर्णमा खबर छ-उनले गोप्य रूपमा निर्वाचनविरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिँडेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडगबहादुर खत्रीले विप्लवका कार्यकर्तासँगै निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचना पाएपछि वाङदुङलाई पक्राउ गरिएको बताए । खत्रीले भने, ‘वाङदुङलाई कसैले प्रयोग गरेका हुन् वा आफैँ निर्वाचनविरोधी गतिविधिमा संलग्न भएका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।’

नेपाली युवतीसँग विवाह गरेका उनले पोखरामा ट्याक्सी चलाउने काम गर्दै आएका थिए । वाङदुङ पोखराको पेन्जोलिङ तिब्बती क्याम्पमा बस्छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । 

वाङदुङ मात्र हुन् वा अन्य शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ‘संस्थागत रूपमा हाम्रो कुनै राजनीतिक दलसँग कुनै आबद्धता छैन’, एक तिव्बती क्याम्पका प्रमुखले भने, हामी शरणार्थीको रूपमा नै बसेका छौं । 

विभिन्न स्वार्थले व्यक्ति विशेषको कहीं, कतै कनेक्सन हुन सक्छ, त्यसमा हाम्रो समुदायले जिम्मा लिँदैन ।’ स्थानीय तहको निर्वाचनताकासमेत उनले विप्लवका कार्यकर्ताको नजिकै रहेर निर्वाचनविरोधी गतिविधि गरेको र आसन्न निर्वाचनमा समेत उनले सक्रिय भूमिका निर्वाह गर्नसक्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उनीमाथि सार्वजनिक मुद्दा लगाएको छ । उनी स्पष्ट नेपाली बोल्न सक्छन् । वाङदुङ एक्लै हुन् या अन्य तिब्बती शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका छन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्थानीय तहको निर्वाचनका बेलामा समेत तिब्वती शरणार्थी वाङदुङले विप्लवका कार्यकर्तासँगको मिलेमतोमा निर्वाचनविरोधी गतिविधि गर्न सक्रिय भएका थिए ।प्रहरीले वाङदुङलाई स्थानीय तहको निर्वाचनका बेलासमेत पक्राउ गरेको थियो । 

शरणार्थीको रूपमा आ श्रय लिएका कुनै पनि व्यक्ति राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानुनी मानिन्छ । काठमाडौं, ललिपुर, पोखरालगायत स्थानमा ठूलो संख्यामा तिब्बती शरणार्थी बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण