२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हाम्रा कुरा सुन्दैनन्, भाषणमात्रै सुनाउँछन्’

२०७४, ८ मंसिर शुक्रबार ०२:२६

मंसिर ८, काठमाडौं । अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । 

कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ उत्तरतिर फर्किएर माछापुच्छ्रे हिमालसँग आँखा जुधाइरहन्छ । तर, गाउँलेले दलका नेतासँग आँखा जुधाउन पाएका छैनन् ।

सुन्दर हिमाली दृश्यले लोभ्याउने यो गाउँमा भुजेल संस्कृतिमात्रै छैन, ब्राह्मण, क्षत्री र दलितको सहिष्णुता र सद्भाव पनि छ । यत्ति हो गाउँमा पानी भने छैन । पानीका लागि स्थानीयले वर्षैाँदेखि पर्खिएका छन् । अरू बेला नआए पनि चुनावमा नेता आउलान् र तिनलाई व्यथा पोखौंला भन्ने पनि छैन भुजेल गाउँलाई । 

२०६४ को चुनाव आयो, गयो । २०७० को चुनाव आयो, गयो । तर कोही नेता भोट माग्न पनि गाउँ आएनन् । गाउँलेलाई लागेको थियो, नेताले भोट माग्नेछन्, त्यही बेला पानी मागौंला ।

पोखरा महानगरको वडा नम्बर २४ र निर्वाचन क्षेत्र विभाजनअनुसार कास्की ३ मा पर्ने भुजेल गाउँको त्यो धोको यसपालि पनि पूरा हुने छेकछन्द देखिएन ।

प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार शुक्रराज शर्मा कास्कीकोट आएका थिए, तर भुजेल गाउँ पसेनन् । वाम गठबन्धनतर्फबाट प्रदेशमा एमाले उम्मेदवार राजीव पहारी पनि कास्कीकोटको मूलबाटो हुँदै हिँडिसके तर भुजेल गाउँ छिरेनन् । प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार जगत विश्वकर्मा कास्कीकोट उक्लिसकेकै छैनन् । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश