१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हाम्रा कुरा सुन्दैनन्, भाषणमात्रै सुनाउँछन्’

८ मंसिर २०७४, शुक्रबार ०२:२६

मंसिर ८, काठमाडौं । अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । 

कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ उत्तरतिर फर्किएर माछापुच्छ्रे हिमालसँग आँखा जुधाइरहन्छ । तर, गाउँलेले दलका नेतासँग आँखा जुधाउन पाएका छैनन् ।

सुन्दर हिमाली दृश्यले लोभ्याउने यो गाउँमा भुजेल संस्कृतिमात्रै छैन, ब्राह्मण, क्षत्री र दलितको सहिष्णुता र सद्भाव पनि छ । यत्ति हो गाउँमा पानी भने छैन । पानीका लागि स्थानीयले वर्षैाँदेखि पर्खिएका छन् । अरू बेला नआए पनि चुनावमा नेता आउलान् र तिनलाई व्यथा पोखौंला भन्ने पनि छैन भुजेल गाउँलाई । 

२०६४ को चुनाव आयो, गयो । २०७० को चुनाव आयो, गयो । तर कोही नेता भोट माग्न पनि गाउँ आएनन् । गाउँलेलाई लागेको थियो, नेताले भोट माग्नेछन्, त्यही बेला पानी मागौंला ।

पोखरा महानगरको वडा नम्बर २४ र निर्वाचन क्षेत्र विभाजनअनुसार कास्की ३ मा पर्ने भुजेल गाउँको त्यो धोको यसपालि पनि पूरा हुने छेकछन्द देखिएन ।

प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार शुक्रराज शर्मा कास्कीकोट आएका थिए, तर भुजेल गाउँ पसेनन् । वाम गठबन्धनतर्फबाट प्रदेशमा एमाले उम्मेदवार राजीव पहारी पनि कास्कीकोटको मूलबाटो हुँदै हिँडिसके तर भुजेल गाउँ छिरेनन् । प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार जगत विश्वकर्मा कास्कीकोट उक्लिसकेकै छैनन् । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण