२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार चलाउँदै जान्छौँ, पार्टी एकता पनि गर्दै जान्छौँ: ओली

२०७४, ६ पुष बिहीबार ०२:३५

पुस ५, काठमाडौँ एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाउँदै जाने र माओवादी केन्द्रसँग पार्टी एकता पनि गर्दै जाने बताएका छन् । 

वाम गठबन्धनको तर्फबाट काठमाडौंबाट विजयी उम्मेदवारलाई बधाई दिन बुधबार आयोजित कार्यक्रममा ओलीले पार्टी एकतापछि एमाले र माओवादी दुवै नरहने बताए । माओवादीले सोमबार सरकार र पार्टी एकता प्रक्रिया एकैसाथ अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेको थियो ।

ओलीले वामपन्थी आन्दोलन एक भएर जान थालेकाले अब कसैले रोकेर पनि रोक्न नसक्ने दाबी गरे । ‘केहीले कम्युनिस्टहरू एक हुन्नन् भन्न पनि सक्छन् । 

कोही ज्यान गए पनि दुई पार्टीबीचको एकतामा जान्न भन्ने पनि होलान्, त्यसले एकता रोकिँदैन,’ ओलीले भने, ‘एमाले र माओवादी केन्द्र एकजुट भएपछि मूलतः नेपालमा अब कम्युनिस्ट आन्दोलन एक हुन्छ । यो एकतालाई कसैले चाहेर पनि रोक्न सक्दैन ।’ उनले पार्टी एकताका लागि स–साना कुरामा नअल्झिने पनि स्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीले एमालेले माओवादीलाई र माओवादीले एमालेलाई निलेपछि मात्र पार्टी एकता हुने बताए । ‘कतिपय अहिले पार्टी एकताको विरोध गर्दै एकले अर्को पार्टीलाई निल्ने कुरा गरिरहेका छन्,’ ओलीले भने, ‘पार्टी एकता भएपछि फेरि छुट्टै एमाले र छुट्टै माओवादी खोज्न मिल्छ ? दुई पार्टी मिल्दा पहिलाको पार्टी खोज्दा कहाँ पाइन्छ ?’

देउवाजीले तुरुन्त राजीनामा दिनुपर्छ : नेपाल

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनलाई जनताले तालमेलका लागि मात्र नभई एकताका लागि मत दिएकाले पार्टी एकता भएरै छाड्ने बताए । 

‘संघमा वाम गठबन्धनको बहुमत आएको छ । प्रदेश सभामा ७ प्रदेशमध्ये ६ प्रदेशमा बहुमत आएको अवस्था छ,’ नेपालले भने, ‘संसद्मा वाम गठबन्धनको बहुमत आएको वेला देउवाजीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । तुरुन्त राजीनामा गर्न म उहाँलाई आग्रह गर्छु ।’

युवालाई रोजगार नबनाए विजयको अर्थ छैन : श्रेष्ठ

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता संयोजन समितिको एक÷दुई दिनभित्र बैठक बसेर पार्टी एकताको विषयमा ठोस निर्णय गर्ने बताए । 

श्रेष्ठले दुई पार्टीले अब कार्यक्रम गर्दा एमाले र माओवादी ब्यानरमा नभई नेपाल कम्युनिस्ट पार्टीको ब्यानरमा गर्नुपर्ने उल्लेख गरे । देशमा वामपन्थीको सानदार विजय हुँदा पनि कांग्रेसले सरकार गठनमा अवरोध गर्न खोजेको भन्दै श्रेष्ठले आपत्ति जनाए । कांग्रेसलाई अलोकतान्त्रिक क्रियाकलाप नगर्न उनले आग्रह गरे ।

मुलुकमै रोजगारीको सिर्जना गरेर देशलाई समृद्ध पार्नु अब बन्ने वाम गठबन्धनको मुख्य काम भएको उनको भनाइ थियो । ‘खाडी मुलुकमा काम गर्ने ४० लाख युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्छ,’ श्रेष्ठले भने, ‘ती युवालाई आफ्ना आमाबाबु, बालबच्चाको साथमा श्रमसीपसहित रोजगारी दिनसक्यौँ भने मात्र हाम्रो विजयले सार्थकता पाउँछ ।’ नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू