२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५६ सिटका लागि राष्ट्रिय सभामा ८३ जनाको उम्मेदवारी

२०७४, ११ माघ बिहीबार ०१:३८

माघ ११, काठमाडौँ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचनबाट चयन हुने कुल ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ ।

अाजकाे कान्तिपुर दैनिकमा खवर छ- निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । विभिन्न प्रदेशका महिलालगायत क्लस्टरमा निर्धारित सिट संख्याजति नै उम्मेदवारी परेकाले १७ जना निर्विरोध निर्वाचित हुने देखिएको छ । उम्मेदवारमाथिको दाबीविरोध लगायतका प्रक्रिया बाँकी रहेकाले उनीहरुलाई निर्वाचित भएको घोषणा गरिएको छैन ।

उम्मेदवारको अन्तिम नामावली माघ १५ गते प्रकाशित गर्ने कार्यक्रम रहेकाले सोही दिन निर्विरोध निर्वाचितको औपचारिक घोषणा हुनेछ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले सबै प्रदेशमा शान्तिपूर्ण ढंगले उम्मेदवारी मनोनयन भएको बताए । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना महिलासहित ३ जना मनोनीत हुने संवैधानिक व्यवस्था छ ।

त्यसवाहेक प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित, १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य ३ जना गरी ८ जना निर्वाचित हुने प्रावधान छ । 

आयोगका अनुसार प्रदेश १ मा महिला समूहको ३ सिटमा त्यति नै संख्यामा उम्मेदवारी परेकाले उम्मेदवारी दिएकाहरु निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश २, ५ र ७ मा पनि महिला समूहमा सिट संख्याअनुसार नै ३/३ जनाको मात्र उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध हुनेछन् ।

महिला समूहमा प्रदेश १ मा कांग्रेस, एमाले र माओवादी केन्द्रका १/१ जनाको उम्मेदवारी परेको हो । त्यस्तै, प्रदेश २ मा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै उम्मेदवारी दिएकाले ती पार्टीबाट महिला समूहका उम्मेदवार निर्विरोध हुनेछन् । प्रदेश ५ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्र उम्मेदवारी परेकाले तीनै जना निर्विरोध हुनेछन् ।

प्रदेश ७ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्रै उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध निर्वाचित हुने देखिएको छ ।अन्य समूहको ३ सिटका लागि प्रदेश ७ मा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको छ । 

कांग्रेस, एमाले र माओवादीबाट १/१ जनाको उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध हुनेछन् । बाँकी प्रदेशमा अन्य समूहमा ३ भन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन हुनेछ ।

प्रदेश २ को दलित समूह तथा अपांगता वा अल्पसंख्यक समूहको १/१ सिट पनि निर्विरोध हुने देखिएको छ । ती सिटमा १/१ जनाको मात्रै उम्मेदवारी परेको छ ।

संघीय समाजवादी फोरमले दलित र राजपाले अल्पसंख्यक सिटमा उम्मेदवारी दिएका छन् । त्यसबाहेक अन्य पार्टीबाट उम्मेदवारी नपरेकाले ती दुई पार्टीका उम्मेदवार नै निर्विरोध हुनेछन् ।

सबैभन्दा बढी उम्मेदवारी प्रदेश ३ मा परेको छ । ८ सिटका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । उक्त प्रदेशमा कुनै समूहमा कोही पनि निर्विरोध हुने सम्भावना छैन । 

प्रदेश १ मा १२, २ मा ९, ४ मा १२, ५ मा ११, ६ मा १२ र प्रदेश ७ मा १० जनाको उम्मेदवारी परेको छ । एमालेले ३०, नेपाली कांग्रेसले २६, माओवादीले १३, नेमकिपाले ४, राष्ट्रिय जनमोर्चाले ३, फोरमले २, राजपाले २, राप्रपाले २ र नेपाल संघीय समाजवादी पार्टीले १ सिटका लागि उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण