१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५६ सिटका लागि राष्ट्रिय सभामा ८३ जनाको उम्मेदवारी

११ माघ २०७४, बिहीबार ०१:३८

माघ ११, काठमाडौँ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचनबाट चयन हुने कुल ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ ।

अाजकाे कान्तिपुर दैनिकमा खवर छ- निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । विभिन्न प्रदेशका महिलालगायत क्लस्टरमा निर्धारित सिट संख्याजति नै उम्मेदवारी परेकाले १७ जना निर्विरोध निर्वाचित हुने देखिएको छ । उम्मेदवारमाथिको दाबीविरोध लगायतका प्रक्रिया बाँकी रहेकाले उनीहरुलाई निर्वाचित भएको घोषणा गरिएको छैन ।

उम्मेदवारको अन्तिम नामावली माघ १५ गते प्रकाशित गर्ने कार्यक्रम रहेकाले सोही दिन निर्विरोध निर्वाचितको औपचारिक घोषणा हुनेछ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले सबै प्रदेशमा शान्तिपूर्ण ढंगले उम्मेदवारी मनोनयन भएको बताए । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना महिलासहित ३ जना मनोनीत हुने संवैधानिक व्यवस्था छ ।

त्यसवाहेक प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित, १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य ३ जना गरी ८ जना निर्वाचित हुने प्रावधान छ । 

आयोगका अनुसार प्रदेश १ मा महिला समूहको ३ सिटमा त्यति नै संख्यामा उम्मेदवारी परेकाले उम्मेदवारी दिएकाहरु निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश २, ५ र ७ मा पनि महिला समूहमा सिट संख्याअनुसार नै ३/३ जनाको मात्र उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध हुनेछन् ।

महिला समूहमा प्रदेश १ मा कांग्रेस, एमाले र माओवादी केन्द्रका १/१ जनाको उम्मेदवारी परेको हो । त्यस्तै, प्रदेश २ मा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै उम्मेदवारी दिएकाले ती पार्टीबाट महिला समूहका उम्मेदवार निर्विरोध हुनेछन् । प्रदेश ५ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्र उम्मेदवारी परेकाले तीनै जना निर्विरोध हुनेछन् ।

प्रदेश ७ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्रै उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध निर्वाचित हुने देखिएको छ ।अन्य समूहको ३ सिटका लागि प्रदेश ७ मा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको छ । 

कांग्रेस, एमाले र माओवादीबाट १/१ जनाको उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध हुनेछन् । बाँकी प्रदेशमा अन्य समूहमा ३ भन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन हुनेछ ।

प्रदेश २ को दलित समूह तथा अपांगता वा अल्पसंख्यक समूहको १/१ सिट पनि निर्विरोध हुने देखिएको छ । ती सिटमा १/१ जनाको मात्रै उम्मेदवारी परेको छ ।

संघीय समाजवादी फोरमले दलित र राजपाले अल्पसंख्यक सिटमा उम्मेदवारी दिएका छन् । त्यसबाहेक अन्य पार्टीबाट उम्मेदवारी नपरेकाले ती दुई पार्टीका उम्मेदवार नै निर्विरोध हुनेछन् ।

सबैभन्दा बढी उम्मेदवारी प्रदेश ३ मा परेको छ । ८ सिटका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । उक्त प्रदेशमा कुनै समूहमा कोही पनि निर्विरोध हुने सम्भावना छैन । 

प्रदेश १ मा १२, २ मा ९, ४ मा १२, ५ मा ११, ६ मा १२ र प्रदेश ७ मा १० जनाको उम्मेदवारी परेको छ । एमालेले ३०, नेपाली कांग्रेसले २६, माओवादीले १३, नेमकिपाले ४, राष्ट्रिय जनमोर्चाले ३, फोरमले २, राजपाले २, राप्रपाले २ र नेपाल संघीय समाजवादी पार्टीले १ सिटका लागि उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार