१ फाल्गुन २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै

१ माघ २०८१, मंगलवार ०८:४५

काठमाडौं । आज देशभर भर थारू समुदायका साथै अन्य समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्रा डा भट्टराईले बताउनुभयो । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । योक्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्रा डा भट्टराईले जानकारी दिए ।

यो वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।

माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । यस दिन तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री भण्डारीलाई ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस् अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी, दुई आरोपी पक्राउ रजत पाटीदार बने आरसिबीको कप्तान नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका निलम्बित सचिव टेकनारायणको रिहाइ चिकित्सकको हातमा कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख ११ देखि (तालिकासहित) अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा २३ खेलाडी छनोट नेपाल समाजवादी (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित ललिता निवास प्रकरण : माधव र बाबुरामविरुद्धको सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना ट्रम्प र पुटिन साउदी अरेबियामा भेट्ने, युक्रेनको विषयमा निर्णय लिने एलिनाले ठग आरोप लगाएकी बराइलीको जालसाजी: राजबल्लभले खुलाए फोनको रहस्य के अमेरिकाले डिभी ‘लट्री’ कार्यक्रम बन्द गर्न लागेको हो? विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा एक शिक्षिका पक्राउ सर्वोच्चले फेरि भन्यो : ‘जनयुद्ध दिवसमा बिदा नदिनू’ बिहेको १२ घण्टामै दुलाहाको मृत्यु, आफन्तका लागि मिठाई किन्न गएका सतीश दुर्घटनामा अस्ताए आज फेरी सुनको मूल्यमा उच्च वृद्धि, कतिमा भइरहेछ कारोबार ? सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ :अध्यक्ष प्रचण्ड आज विश्व रेडियो दिवस, विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदै आज दुईवटा संसदीय समितिको बैठक बस्दै