२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहिर्गमन गुमाउँदै गरेका देउवाका तीन कुरा

२०७४, १३ माघ शनिबार ०३:२६

माघ १३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक सत्ता सम्हालेको ८ महिना पुग्दैछ । बढीमा उनी अर्को एक महिना सरकारको नेतृत्वमा रहने छन् ।

अाजकाे कान्तिपुर  दैनिकमा खवर छ- संसदीय गणितको खेल भएन भने उनी तत्कालै सत्तामा आउने सम्भावना देखिँदैन । तर सफलतापूर्वक चुनाव गराएको जस लिनुको साटो फेरि पनि विवादित भएरै सत्ता बहिर्गमनको बाटोमा छन्, उनी । धेरैको आशंकाविपरीत देउवाले भदौ ५ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकैसाथ गराउने मिति घोषणा गरेका थिए ।

मंसिर १० र २१ गते दुई चरणमा दुवै निर्वाचन एकैसाथ सम्पन्न भयो, त्यसको जस देउवाले पाउनुपर्छ । तर कामचलाउ मन्त्रिमण्डलबाट भइरहेका क्रियाकलापले उक्त जसलाई आझेलमा पार्दै लगेको छ । संविधान कार्यान्वयनका लागि चौतर्फी दबाबका बीच चुनाव हारिन्छ/हार्दैछौं भन्ने थाहा पाईपाई देउवाले चुनाव गराउने आँट लिएकै हुन् ।

व्यक्तिगत रूपमा उनले चुनाव जिते पनि उनी सभापति रहेको कांग्रेसले जित्न सकेन । प्रधानमन्त्रीका रूपमा चुनाव गराएको जस उनले पाइरहँदा सभापतिका रूपमा पार्टी पराजयको अपजस उनको टाउकोमा सँगै आएको हो । नराम्ररी हार व्यहोरिसकेको कांग्रेस र तिनका सभापति देउवालाई सत्ताको नेतृत्व गर्ने नैतिक र राजनीतिक धरातल छैन ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिटमा सीमित हुन पुगेको कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन् । प्रत्यक्षतर्फको १६५ सिटमा २३ सिट मात्रै जितेको कांग्रेस समानुपातिकबाट ४० सिट पाउने अनुमान गरिएको छ । संवैधानिक र कानुनी जटिलताका कारण समानुपातिकको परिणाम आउन भएको ढिलाइले मात्रै देउवाको सत्तायात्रा केही लम्बिएको हो ।

तर उनले यस्तो क्रियाकलाप गरिरहेका छन् कि मानौं भर्खरै ताजा जनादेशबाट बहुमत ल्याएर सरकार बनाएका हुन् । देउवाले मुलुकलाई दीर्घकालीन असर पुर्‍याउने खालका सस्तो लोकप्रियता बटुल्ने निर्णयहरू एकपछि अर्को गरिरहेका छन्, जुन लोकतान्त्रिक पद्धतिकै उपहास हो ।


तीन कुरा

कामचलाउ सरकारको क्रियाकलापले चुनाव गराएको जससमेत आझेलमा

संवैधानिक र कानुनी जटिलताले जुराएको थप सत्तायात्रालाई दुरुपयोग गर्न उद्यत

देउवा र उनका मन्त्रीका हर्कतप्रति कांग्रेस नेताहरूसमेत मौन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट