४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीका आकांक्षी चुनाव भिड्ने तयारीमा, यस्तो छ अंकगणित

१४ माघ २०७४, आईतवार ०२:४५

माघ १४, काठमाडौं । एमालेका अधिकांश मुख्यमन्त्रीका दाबेदार नेताहरूले प्रदेश संसदीय दलको नेतामा चुनावी प्रतिस्पर्धाको तयारी गरिरहेका छन् । 

स्थायी समितिको निर्णयविनै प्रदेश ५ मा दलको नेता चुनिएकाले अधिकांश दाबेदार चुनावमा भिड्ने मनस्थितिका साथ सम्बन्धित प्रदेशमै खटिएका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

दाबेदारहरू अष्टलक्ष्मी शाक्य, भीम आचार्य, शेरधन राई, राजेन्द्रप्रसाद पाण्डे, पशुपति चौलागाईं, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङलगायत अधिकांश आकांक्षी फिल्डमै क्रियाशील छन् । 

‘स्थायी समितिमा पनि व्यक्तिको नाममा विवाद हुन्छ, त्यसैले विगतको अभ्यासलाई हेर्दा कसलाई दलको नेता भनेर निर्णय गर्ने सम्भावना अत्यन्त कम छ,’ एक पदाधिकारीले भने, ‘पार्टी नेतृत्व पनि समझदारी बनाउने पक्षमा देखिन्न, आन्तरिक चुनाव हुने कुरा एमालेमा अनौठो नभएकाले अधिकांश साथीहरू फिल्डमै खटिनुभएको छ ।’

बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेका कारण एमालेभित्र आकांक्षी नेताहरू दलको नेता बन्ने दौडमा छन् । 

गठबन्धनको बहुमत रहेका ६ मध्ये चारवटा प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउने माओवादीसँग करिब–करिब समझदारी भइसकेकाले ती प्रदेशका नेताहरू दलको नेता बन्ने दौडमा लागेका छन् ।

सातवटै प्रदेशको अंकगणित

प्रदेश १ : एमालेको एकल बहुमत

प्रदेश १ मा ९३ मध्ये ५१ सिट जितेकाले एमालेको एकल बहुमत छ । संविधानअनुसार स्वतः एमालेको नेतृत्वमा सरकार बन्छ । माओवादीले जितेको १५ सिट थपिँदा ६६ सिट पुग्छ । कांग्रेसले यो प्रदेशमा २१ सिट मात्र जितेको छ ।

प्रदेश २ : मधेसकेन्द्रित दलको बहुमत

प्रदेश २ मा १०७ मध्ये राजपा र संघीय समाजवादी फोरमले ५४ सिट जितेका छन् । संघीय फोरमको २९ र राजपाको २५ सिट जोड्दा बहुमत पुग्ने भएकाले उनीहरूकै सरकार बन्ने सम्भावना छ । मुख्यमन्त्रीमा दुवै दलको दाबी रहे पनि भागबन्डाबारे विस्तृत छलफल भइसकेको छैन ।

‘अहिले सामान्य कुराकानी मात्रै भएको छ, गम्भीर ढंगले छलफल अघि बढिसकेको छैन,’ राजपा महामन्त्री मनीष सुमनले भने, ‘केही दिनमै ठोस रूपमा कुराकानी हुन्छ ।’

यी हुन् मुख्यमन्त्रीका आकांक्षी

प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । आचार्य पार्टीको प्रदेश संयोजक र राई सहसंयोजक हुन् । यीबाहेक पार्टी केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्षहरू हिक्मत कार्की र राजेन्द्र राई चर्चामा रहे पनि उनीहरूको दाबी सशक्त छैन ।

प्रदेश २ मा संघीय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र शैलेन्द्र साह, राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन दाबेदार छन् ।

प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं र राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् । वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ तथा काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित पनि आकांक्षी छन् ।

प्रदेश ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दाबेदार छन् ।

प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसकेका छन् ।

प्रदेश ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन्।

प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ