२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीका आकांक्षी चुनाव भिड्ने तयारीमा, यस्तो छ अंकगणित

२०७४, १४ माघ आईतवार ०२:४५

माघ १४, काठमाडौं । एमालेका अधिकांश मुख्यमन्त्रीका दाबेदार नेताहरूले प्रदेश संसदीय दलको नेतामा चुनावी प्रतिस्पर्धाको तयारी गरिरहेका छन् । 

स्थायी समितिको निर्णयविनै प्रदेश ५ मा दलको नेता चुनिएकाले अधिकांश दाबेदार चुनावमा भिड्ने मनस्थितिका साथ सम्बन्धित प्रदेशमै खटिएका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

दाबेदारहरू अष्टलक्ष्मी शाक्य, भीम आचार्य, शेरधन राई, राजेन्द्रप्रसाद पाण्डे, पशुपति चौलागाईं, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङलगायत अधिकांश आकांक्षी फिल्डमै क्रियाशील छन् । 

‘स्थायी समितिमा पनि व्यक्तिको नाममा विवाद हुन्छ, त्यसैले विगतको अभ्यासलाई हेर्दा कसलाई दलको नेता भनेर निर्णय गर्ने सम्भावना अत्यन्त कम छ,’ एक पदाधिकारीले भने, ‘पार्टी नेतृत्व पनि समझदारी बनाउने पक्षमा देखिन्न, आन्तरिक चुनाव हुने कुरा एमालेमा अनौठो नभएकाले अधिकांश साथीहरू फिल्डमै खटिनुभएको छ ।’

बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेका कारण एमालेभित्र आकांक्षी नेताहरू दलको नेता बन्ने दौडमा छन् । 

गठबन्धनको बहुमत रहेका ६ मध्ये चारवटा प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउने माओवादीसँग करिब–करिब समझदारी भइसकेकाले ती प्रदेशका नेताहरू दलको नेता बन्ने दौडमा लागेका छन् ।

सातवटै प्रदेशको अंकगणित

प्रदेश १ : एमालेको एकल बहुमत

प्रदेश १ मा ९३ मध्ये ५१ सिट जितेकाले एमालेको एकल बहुमत छ । संविधानअनुसार स्वतः एमालेको नेतृत्वमा सरकार बन्छ । माओवादीले जितेको १५ सिट थपिँदा ६६ सिट पुग्छ । कांग्रेसले यो प्रदेशमा २१ सिट मात्र जितेको छ ।

प्रदेश २ : मधेसकेन्द्रित दलको बहुमत

प्रदेश २ मा १०७ मध्ये राजपा र संघीय समाजवादी फोरमले ५४ सिट जितेका छन् । संघीय फोरमको २९ र राजपाको २५ सिट जोड्दा बहुमत पुग्ने भएकाले उनीहरूकै सरकार बन्ने सम्भावना छ । मुख्यमन्त्रीमा दुवै दलको दाबी रहे पनि भागबन्डाबारे विस्तृत छलफल भइसकेको छैन ।

‘अहिले सामान्य कुराकानी मात्रै भएको छ, गम्भीर ढंगले छलफल अघि बढिसकेको छैन,’ राजपा महामन्त्री मनीष सुमनले भने, ‘केही दिनमै ठोस रूपमा कुराकानी हुन्छ ।’

यी हुन् मुख्यमन्त्रीका आकांक्षी

प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । आचार्य पार्टीको प्रदेश संयोजक र राई सहसंयोजक हुन् । यीबाहेक पार्टी केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्षहरू हिक्मत कार्की र राजेन्द्र राई चर्चामा रहे पनि उनीहरूको दाबी सशक्त छैन ।

प्रदेश २ मा संघीय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र शैलेन्द्र साह, राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन दाबेदार छन् ।

प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं र राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् । वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ तथा काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित पनि आकांक्षी छन् ।

प्रदेश ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दाबेदार छन् ।

प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसकेका छन् ।

प्रदेश ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन्।

प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?