माघ १५, काठमाडौँ । नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ। 

भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १५, काठमाडौँ । नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ। 

भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उ"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहाना ‘भारतीय कम्पनी’, गन्तव्य कुवेत

२०७४, १५ माघ सोमबार ०२:११

माघ १५, काठमाडौँ । नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ। 

भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उनीहरुलाई विभिन्न मुलुक पुर्याउँदै आएका छन्। यो खबर राजु अधिकारीले आजको नागरिकमा लेखेका छन।

भारतमा सञ्चालनमा रहेका यस्ता नेटवर्किङ व्यापारसँग कुनै साइनो सम्बन्ध नै नभएकाले तिनै कम्पनीको फर्जी कागजात र प्रमाण देखाएर नेपाली महिलाको तस्करी गरिरहेका छन्। आफूलाई अवैध बाटो हुँदै विदेश पठाउन लागेको, त्यसरी विदेश पुग्दा अनेक अप्ठ्यारो भोग्नुपर्ने जोखिमबारे बेखबर महिला तस्करको प्रलोभनमा फस्दै आएका छन्। भारतीय बाटो हुँदै अवैध रुपमा बिदेसिएका झापाकै धेरै महिला वर्षौंदेखि बेखबर छन्। विदेशमा अनेक यातना सहन बाध्य भए पनि उनीहरु फर्कन सकेका छैनन्। नेपाली महिला विदेश पठाउँदै कमिसन लिन पल्केको गिरोहले भने यो धन्दालाई नयाँनयाँ बहानामा अघि बढाइरहेको छ। मानव तस्करीको संगठित अपराध चलाइरहेकासम्म प्रहरी पुग्न नसक्दा यो क्रम रोकिनुभन्दा तीव्र बनिरहेको छ।

इलाम चुलाचुलीकी सरिता फुयाल (नाम परिवर्तन) लाई केही साताअघि पूर्वको काँकडभिट्टा नाकामा रहेका माइती नेपालका प्रतिनिधिले रोके। उनी जान लागेको ठाउँबारे सोधपुछ गर्दा सरिताले ‘सिलिगुढीमा हाम्रो कम्पनी छ, त्यहीं जान लागेको’ भन्ने जबाफ दिइन्। उनले माइती नेपालको टोलीसँग ओरियन्ट नामक कम्पनीको नाम लिएकी थिइन्। पछि विस्तृत कुराकानीका क्रममा खुल्यो, सरिता कम्पनी होइन, कुवेत जान हिँडेकी रहिछन्।

‘साथमा कागजात पनि थिएन, श्रम स्वीकृतिलगायत केही थिएन’, माइती नेपालकी एक कर्मचारीले भनिन्, ‘तर उनलाई कुवेत जाने रहर यति थियो कि दलालले सिकाएअनुसार विवरण ढाँटेर सुनाइन्। परिवार बोलाएर कुरा गर्दा उनी कुवेत जान भनेर हिँडेको पाइयो।’ 

उनका अनुसार सरिताले अभिभावकलाई भने आफूसँग सबै कागजात भएको तर भारतबाट जाँदा सस्तो पर्ने भन्दै सम्झाएकी थिइन्। भारतीय कम्पनीको बहानामा अवैध रुपमा विदेश जान खोज्ने सरिता एक्ली महिला होइनन्। दलालले सिकाएको बताएर अवैध रुपमा बिदेसिन खोज्ने र बिदेसिनेको संख्या ठूलो छ। 

कुनै बेला बिहेको, उपचारको, नातेदारको बहाना गरेर सीमा काट्ने महिला अहिले भारतीय कम्पनीमा हिँडेको भन्दै जोखिमपूर्ण रोजगारीमा गइरहेका छन्। मानव तस्करी नियन्त्रणमा सक्रिय संघसंस्थाका अनुसार काँकडभिट्टा नाकामा यो क्रम झन् बढी छ।

‘ओरियन्ट, इम्पोरियम तथा अन्य दर्जनौं नेटवर्किङ व्यवसायको सदस्य बनेको छु भन्ने अनि त्यसैको अफिस हिँडेको नाममा बिदेसिनेहरु धेरै छन्’, विश्व सेवा विस्तार संस्थाकी सहायक निर्देशक मुना आचार्यले भनिन्, ‘हामीले मात्रै पनि धेरै महिलालाई खाडी मुलुक पुग्नबाट जोगाएका छौं। 

केहीलाई फिर्ता पनि  ल्याउन सफल भएका छौं, उनीहरु सबै नेटवर्किङ व्यापारको बहानामा त्यता गएका हुन्।’ सरकारले भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि नेपाली महिला कामदारलाई खाडी मुलुक जान प्रतिबन्ध लगाएको छ तर नेपाली महिला जाने क्रम भने रोकिएको छैन। 

सन् २०१७ मा पूर्वी नाका भएर भारत हुँदै वैदेशिक रोजगारका लागि हिँडेका करिब नौ सय महिलालाई विभिन्न संघसंस्थाले रोकेर आफन्तको जिम्मा लगाएका छन्। तीमध्ये आधाभन्दा धेरैले नेटवर्किङ व्यापारकै नाम लिएका थिए।

जानकारहरुका अनुसार अहिले भारतमा विभिन्न खाले नेटवर्किङ धन्दा फस्टाएको छ। यस्तो व्यवसायमा हजारौं नेपाली पनि सदस्य छन्। सात हजारदेखि १० हजार भारतीय रुपैयाँ तिरेर सदस्य बनेपछि तिनै कम्पनीका सामान पनि पाइने र सदस्य थप्दै लगेपछि दोब्बर रकम पाइने अफर ती कम्पनीले दिने गरेका छन्। तिनै कम्पनीको विभिन्न खाले औषधि पूर्वको नाकाबाट दैनिक ठूलो परिमाणमा नेपाल भित्रिरहेको छ। 

‘नेपालमा प्रयोग अनुमति लिएको छ कि छैन, केही थाहा छैन तर नाकाबाट त्यस्तो औषधि लगातार भित्रिरहेको छ’, काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले भने ‘धेरैलाई त मैले नाकाबाटै फर्काएको छु।’ तर यस्ता संस्थाहरुको कारोबार र संगठनसँग कुनै सम्बन्ध नै नभएका मानव तस्करले पनि तिनै संस्थालाई देखाएर धन्दा चलाउन थालेका छन्।

मानव बेचबिखन र ओसारपसार नियन्त्रण गर्न तथा अपराधीलाई कानुनको दायरामा ल्याउन भन्दै सीमा नाकामा माइती नेपाल, साना हातहरु, विश्व सेवा विस्तारलगायतका विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि र प्रहरी परिचालित छन्। 

उनीहरुले आफ्नो अभियान जतिसुकै कडा पारेको दाबी गरे पनि तस्करी घट्नुको साटो बढिरहेको छ। बेचिनेहरुको संख्या, बेपत्ता हुनेको संख्या थपिएको थपियै छ। बितेको वर्ष विश्व सेवा संस्थाले सबैभन्दा बढी ४ सय १८ महिलालाई नाकामा रोकेर आफन्तको जिम्मा लगायो। 

संस्थाकी सहायक निर्देशक आचार्यका अनुसार १ सय ४७ जनालाई स्थानीय प्रशासनसँगको सहकार्यमा संस्थाको सेल्टर गृहमा राखिएको छ।  सन् २०१७ मा संस्थाले मानव बेचबखिनका ६ वटा मुद्दा दर्ता गरेको आचार्यले बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?