५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरका ६ हजार कार्यालय खारेज हुँदै

१६ फाल्गुन २०७४, बुधबार ०१:०२

फागुन १६, काठमाडौं । केन्द्रीकृत शासनव्यवस्थाअनुसार देशभर रहेका आठ हजार ६ सय एकमध्ये ६ हजारभन्दा धेरै सरकारी कार्यालय खारेजीको प्रक्रिया थालिएको छ ।

केन्द्रमा रहेका ३० मन्त्रालयलाई १७ मा झारिएलगत्तै केन्द्र, क्षेत्र अञ्चल र जिल्लामा रहेका ६ हजारभन्दा धेरै कार्यालय खारेजी प्रक्रिया थालिएको खबर आजको अन्नपूर्ण पोस्टको पृष्ठ ३ मा छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रधानन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयलगायत अन्य सरोकारवाला मन्त्रालयको समन्वयमा क्षेत्र, अञ्चल र जिल्लास्तरमा रहेका अधिकांश सरकारी कार्यालय खारेजी र समायोजन प्रक्रिया तीव्र पारिएको जनाएको छ ।

संघीय मामिला तथा स्थानीय विका मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले केन्द्रमा मन्त्रालय मर्ज हुने क्रमसँगै क्षेत्र, अञ्चल र जिल्लका सरकारी कार्यालय खारेजी प्रक्रिया तीव्र पारिएको जानकारी दिए ।

‘अब आठ हजार कार्यालयमध्ये ६ हजारभन्दा धेरै खारेज हुनेछन्’, उनले भने, ‘त्यसको गृहकार्य भइरहेको छ।’ सचिव थपलियाका अनुसार यसअघि नै सामान्य गृहकार्य भइरहे पनि केन्द्रमा मन्त्रालय गाभिने क्रमसँगै अन्य मन्त्रालय गाभिने क्रमसँगै अन्य कार्यालय खारेजी र मर्ज तीव्र पारिएको छ ।

सरकारले गत शुक्रबार केन्द्रमा रहेका ३० मन्त्रालयमध्ये १३ लाई गाभेर १७ वटा बनाउने निर्णय गरेको थियो । उनका अनुसार कार्यालय खारेजी र मर्जबारे निर्णय लिन सोमबारदेखि नै सरोकारवाला मन्त्रालयका अधिकारीसँग सघन छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल