५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को-को बन्दै छन् माओवादीबाट मन्त्री ? (नामावलीसहित)

१६ फाल्गुन २०७४, बुधबार ०१:१३

फागुन १६, काठमाडौं । माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । 

उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित गरेको प्रचण्डको सचिवालयले जनायो । आजको नयाँ पत्रिकामा खबर छ ।

तर, फोरम पनि सरकारमा सहभागी हुँदा मन्त्रालय थप्नुपर्ने या एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ । अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुन सक्ने सम्भावना देखिन्छ । माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो पनि लगाएको छैन ।

प्रदेश १ र ४ बाट शून्य

माओवादीबाट सरकारमा पाँचवटा प्रदेशले मात्रै प्रतिनिधित्व गर्ने भएको छ । प्रदेश १ र ४ बाट प्रतिनिधित्व नहुने निश्चित भएको छ । प्रदेश २ बाट भने दुईजना मन्त्री बन्ने भएका छन् । मातृका यादव मन्त्री बनिसकेका छन् भने गिरिराजमणिको नाम निश्चित गरिएको छ ।

ऊर्जामा पुन र शर्माको हानाथाप

पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वगृहमन्त्री जनार्दन शर्मा सुरुमा गृहमन्त्रीका लागि लबिङमा थिए । तर, रामबहादुर थापालाई पार्टीले गृह दिएपछि पुन र शर्मा ऊर्जाका लागि कसरत गरिरहेका छन् । यसअघि ऊर्जामन्त्री बन्दा राम्रो काम गरेकाले पुनः अवसर दिन शर्माको आग्रह छ । पुनले पनि गृह नपाएपछि प्रभावशाली मन्त्रालय ऊर्जामै नजर लगाएका हुन् ।

को कतिपटक मन्त्री ?
पोखरेललाई पाचौँ अवसर

गिरिराजमणि पोखरेल पाचौँपटक मन्त्री बन्दै छन् । ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य, ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका पोखरेल ०७२ मा केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए । तीनपटक स्वास्थ्य र एकपटक शिक्षा मन्त्रालय हाँकेका उनी पुनः शिक्षामन्त्री बन्न चाहिरहेका छन् ।

पुन र बस्नेत ह्याट्रिक हान्दै

एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा ०६७ मा दुई महिना शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका वर्षमान पुन ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बने । त्यसयता पाँच वर्षसम्म उनी सत्ताबाहिर छन् । गृह नपाएपछि अहिले उनी ऊर्जा मन्त्रालय ताकिरहेका छन् ।

शक्तिबहादुर बस्नेत पनि दुईपटक मन्त्री बनिसकेका छन् । ०६७ मा खनाल नेतृत्वको सरकारमा स्वास्थ्य र ०७२ मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए ।

शर्माको चौथो इनिङ

०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण, ०७३ मा प्रचण्ड नेतृत्वकै सरकारमा ऊर्जा र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बनेका जनार्दन शर्मा चौथोपटक मन्त्री बन्दै छन् । गृह नपाएपछि उनको पनि ऊर्जामै दाउ छ ।

मगरको न्यु इन्ट्री

विना मगर सरकारमा पहिलोपटक अवसर पाउँदै छिन् । दोस्रो संविधान सभा निर्वाचनमा पराजित पुन अहिले कञ्चनपुर–१ बाट विजयी भएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल