५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट पक्राउ परेका नेपाली ‘सिरियल किलर’ बारे नयाँ खुलाशा ! दुई जिल्लाका आठको हत्या

१९ फाल्गुन २०७४, शनिबार ०३:१२

फागुन १९, काठमाडौँ | खाडी मुलुक कतारमा पक्राउ परेका ‘सिरियल किलर’ सकिल हुसेनले पैसाको लेनदेनकै कारण सप्तरी र सुनसरीमा आठ जनाको ज्यान लिएको तथ्य फेला परेको छ । कान्तिपुरले समाचार लेखेको छ, ”उनले आफ्नै श्रीमती र सासू–ससुराको पनि ज्यान लिएको मुद्दा प्रहरीमा दर्ता छ ।’

अवधेश कुमार झाले लेखेको समाचारमा सप्तरीको टिकुलिया गाविस–७ घर भई कुसहा गाविस–६ बसिरहेका हुसेनलाई कतारमा इन्टरपोलले यसै साता पक्राउ गरेको उल्लेख गरेको छ । समाचारमा ‘सिरियल किलर’ सकिलले भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रइस मियाँसहित मिलेर सप्तरी र सुनसरीमा हत्याको शृंखला नै चलाएको प्रहरीको भनाइ छ । शृंखलाबद्ध हत्याका आरोपी सकिल प्रहरीलाई छक्याउँदै कतार पुगेपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गरिएको छ ।

उनका साथी भारतीय नागरिक रइसलाई बैदेसिक रोजगारीका लागि जाने क्रममा केही महिनाअघि त्रिभुवन विमानस्थलवाट प्रहरीले पक्रेको थियो । सकिलसहितको समूहले गरेको सबै हत्याको घटना रकम लेनदेनसँग सम्बन्धित रहेको सप्तरी प्रहरीले बताए । सकिलले सप्तरी मल्हनियाका आरूल मियाँको हत्या गरेपछि अरू सातवटा हत्या गरेको प्रहरीको दाबी छ ।

०६४ वैशाख २६ गते आरूलको हत्या भएको थियो । त्यो हत्याको आरोपमा ०६८ मंसिरमा पक्राउ परेका सकिल पुनराबेदन अदालत राजविराजको आदेशमा ०६८ माघ २६ गते रिहा भएका थिए । त्यसपछि उनले एकपछि अर्को गर्दै सात हत्यामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी