२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट पक्राउ परेका नेपाली ‘सिरियल किलर’ बारे नयाँ खुलाशा ! दुई जिल्लाका आठको हत्या

२०७४, १९ फाल्गुन शनिबार ०३:१२

फागुन १९, काठमाडौँ | खाडी मुलुक कतारमा पक्राउ परेका ‘सिरियल किलर’ सकिल हुसेनले पैसाको लेनदेनकै कारण सप्तरी र सुनसरीमा आठ जनाको ज्यान लिएको तथ्य फेला परेको छ । कान्तिपुरले समाचार लेखेको छ, ”उनले आफ्नै श्रीमती र सासू–ससुराको पनि ज्यान लिएको मुद्दा प्रहरीमा दर्ता छ ।’

अवधेश कुमार झाले लेखेको समाचारमा सप्तरीको टिकुलिया गाविस–७ घर भई कुसहा गाविस–६ बसिरहेका हुसेनलाई कतारमा इन्टरपोलले यसै साता पक्राउ गरेको उल्लेख गरेको छ । समाचारमा ‘सिरियल किलर’ सकिलले भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रइस मियाँसहित मिलेर सप्तरी र सुनसरीमा हत्याको शृंखला नै चलाएको प्रहरीको भनाइ छ । शृंखलाबद्ध हत्याका आरोपी सकिल प्रहरीलाई छक्याउँदै कतार पुगेपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गरिएको छ ।

उनका साथी भारतीय नागरिक रइसलाई बैदेसिक रोजगारीका लागि जाने क्रममा केही महिनाअघि त्रिभुवन विमानस्थलवाट प्रहरीले पक्रेको थियो । सकिलसहितको समूहले गरेको सबै हत्याको घटना रकम लेनदेनसँग सम्बन्धित रहेको सप्तरी प्रहरीले बताए । सकिलले सप्तरी मल्हनियाका आरूल मियाँको हत्या गरेपछि अरू सातवटा हत्या गरेको प्रहरीको दाबी छ ।

०६४ वैशाख २६ गते आरूलको हत्या भएको थियो । त्यो हत्याको आरोपमा ०६८ मंसिरमा पक्राउ परेका सकिल पुनराबेदन अदालत राजविराजको आदेशमा ०६८ माघ २६ गते रिहा भएका थिए । त्यसपछि उनले एकपछि अर्को गर्दै सात हत्यामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ