फागुन २१, काठमाडौं | व्यक्ति हत्या शृंखला चलाउदै करोडौं रुपैया असुलेर ४ वर्षअघि कतार पुगेका सप्तरीका सकिल हुसेनलाई पक्रेर नेपाल ल्याइएको छ । उनले २०६४ देखि ०७० बीच मात्रैसुनसरी र सप्तरीमा ८ जनाको हत्या गरका थिए ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रडकर्नर नोटिस जारी गरिएका सकिललाई कतारी प्रहरीले फागुन पहिलो साता पक्राउ गरको थियो । कतारी प्रहरीले उनलाई आइतबार विमानमा उच्च सुरक्षासाथ काठमाडौं ल्याएर नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । नेपाल प्रहरीले ०७२ असार ४ मा पत्राचार गरपछि इन्टरपोलले असार ६ मा सकिलको नाममा रडकर्नर नोटिस जारी गरको थियो ।
टकुलिया ७ सप्तरी घर भएका सकिलले०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह, ०६९ असोजमा सप्तरीकै सहबुद मिया र उनकी बुहारी सगिरा खातुनको हत्या गरका थिए । ठगी र व्यक्ति हत्यामा संलग्न सकिल समूह नैबनँएर अपराधकर्ममा उद्यत थिए । निकट सहयोगीहरू धमाधम पक्राउ पर्न थालेपछि उनी कतार हिडेका थिए । – कान्तिपुर दैनिकबाट