२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किम जोङको नक्कली पासपोर्ट ?

२०७४, २१ फाल्गुन सोमबार ०२:१६

फागुन २१, काठमाडौँ | उत्तर कोरियाली शासक किम जोङ उन र उनका पिता किम जोङ इलले १९९० मा ब्राजिलको नक्कली पासपोर्ट हासिल गरेका थिए भन्ने प्रमाण भेटिएको छ । समाचार एजेन्सी रोयटर्सलाई ती दस्ताबेजको फोटोकपी प्राप्त भएको छ, जसमा जोङ उनलाई जोसेफ पाग देखाइएको छ ।

जब कि पिताको नाम रिकार्डो र आमाको नाम मार्सेला लेखिएको छ । किम जोकिम जोङ उनका पिता किम जोङ इलको पासपोर्टमा उनको नाम आइजोङ तकोई बताइएको छ ।

ब्राजिलको एक सुरक्षा एजेन्सीले रोयटर्सलाई बताएको छ— चेक रिपब्लिकको राजधानी प्रागस्थित ब्राजिलको दूतावासबाट जारी गरिएका यी दस्ताबेज हेर्दा बिल्कुलै सक्कली देखिन्छन् । सुरक्षा एजेन्सीको अर्को एउटा सूत्रले बताएअनुसार यी दस्ताबेज पश्चिमी देशको भिसा हासिल गर्न गरिएको थियो । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

तर, भिसा जारी गरियो अर्थात् यी दस्ताबेज उपयोग गरिएका थिए भन्नेचाहिँ पुष्टि गर्न सकिन्न । तर, उत्तर कोरियाली सत्तारुढ परिवारलाई नक्कली दस्ताबेजको आवश्यकता किन प-यो ?

के साँच्चै यस्तै भएको थियो ?

ब्राजिलको पासपोर्टसित किम जोङ उनको परिवारको नाम जोडिएको यो नै पहिलोपटक होइन । २०११ मा अधिकारीहरूलाई उद्धृत गर्दै जापानी मिडियाले किम जोङ उन आफ्ना भाइ जोङ चुलका साथ ब्राजिलको दस्ताबेजका आधारमा टेकियोस्थित डिज्नेल्यान्ड गएको उल्लेख गरेका थिए ।

जोङ उनका सौतेनी दाइ जोङ नम २००१ मा डोमिनिकनको नक्कली पासपोर्टमा जापान प्रवेश गर्दै गर्दा पक्राउ परेका थिए ।

किमका लागि यसरी नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ? ९० को दशकमा उत्तर कोरियालाई संरक्षण दिइरहेको सोभियत संघको विघटन भइसकेको थियो ।

देशमा आन्तरिक रूपमा अनिकाल र शासकीय कठोरताका कारण बेहाल थियो । अर्बौं डलरको विदेशी ऋणमा डुबेको यो देश त्यतिखेर अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको थियो ।

पूरै विश्वमा शीतयुद्धपछिको कूटनीतिमा उत्तर कोरियाका मित्रको संख्यामा लगातार कमी आइरहेको थियो । यसबाट पनि यहाँका पासपोर्टको सीमित उपयोग थियो ।

यी सबका बाबजुद बेलायती सुरक्षा टिंक ट्यांक च्याथम हाउसका उत्तर कोरिया विशेषज्ञ डा. जोन निल्सन राइटलाई आफ्नो शासनको दोस्रो वर्षमै किम जोङ इल नक्कली पासपोर्टमा विदेश गएको विषयमा अचम्म लाग्छ ।

किमका लागि नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ?

डा. राइटले बिबिसीको एक कार्यक्रममा भने– उनले यस्तो किन गर्न चाहेका होलान् र ? किम जोङ इल जोखिम उठाउन पटक्कै चाहँदैनथे । हामी सबैलाई थाहै छ कि उनले कैयौँ अवसरमा मस्को र बेइजिङको भ्रमण गरेका थिए ।

तर, त्यसका लागि उनलाई पासपोर्ट आवश्यक नपरेको हुन सक्ने निकै सम्भावना छ । यसबाट त यही लाग्छ कि यो उनी र उनका छोराको उत्तर कोरियाबाट सम्भावित रूपमा जोगिएर निस्किने बाटो बनाउने प्रयास पनि हुन सक्छ ।

ब्राजिल नै किन ?

ब्राजिलका एक अधिकारीले २०११ मा अल जजिराका एक पत्रकारलाई बताएका थिए— ब्राजिलको असमान जनसंख्याका कारण आमधारणा यस्तो छ कि यस धर्तीमा कसैले पनि उचित रूपमा ब्राजिलियन भएको दाबी गर्न सक्छ र यही कारण हो, यहाँको पासपोर्टको माग अधिक छ । यो दाबी आज पनि सही नै छ । तर, यसको पुष्टिका लागि त्यति धेरै तथ्यांक उपलब्ध छैन ।

ब्राजिलको सरकार स्वयं यो स्विकार्छ कि २००६ मा व्यापक रूपमा सुरक्षा व्यवस्था अपनाउनुअघि ब्राजिलको नक्कली पासपोर्ट बनाउन निकै सजिलो थियो । किम सजिलै यसलाई प्राप्त गर्न सफल पनि भएका होलान् । किनकि, ब्राजिलमा ठूलो संख्यामा पूर्वी एसियाली मूलका मानिस बस्छन् ।

१९५०—५३ को विनाशकारी कोरियाली युद्धपछि उत्तर कोरियामा तीव्र विकास र पुनर्निर्माणको क्रममा कोरिया र चेकोस्लोभाकियाबीच आर्थिक र सहकारी सम्बन्ध विकसित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ