२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीसँग आक्रोशित बन्दै झलनाथले भने – ‘पार्टी भनेको तपार्इंको घर हो ?’

२०७४, २४ फाल्गुन बिहीबार ०१:१९

फागुन २४, काठमाडौँ | राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो । औपचारिक र अनौपचारिक गरी पटक–पटक बसेको बैठकले राति १२ बजे मात्र भण्डारीको पक्षमा निर्णय गरेको थियो । अध्यक्ष केपी ओलीले समझदारीका लागि शीर्ष नेताहरूलाई बिहानै बालुवाटार बोलाएका थिए ।

छलफलमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेललगायत सहभागी थिए । अध्यक्ष ओलीले राष्ट्रपति पदको गरिमा राख्न पनि पार्टीबाट सर्वसम्मत उम्मेदवार छान्नुपर्ने भन्दै विद्या भण्डारीको पक्षमा निर्णय गराउने आशय प्रकट गरेका थिए ।

ओलीको कुरा सुनेर आक्रोशित बनेका खनालले पार्टीमा छलफल नै नगरी त्यत्रो समझदारी कसरी भयो र अहिलेसम्म किन जानकारी भएन भन्ने प्रश्न गरेका थिए । उनले इतिहासदेखि नै पार्टी पद्धतिका आधारमा चल्दै आए पनि अहिले कसैको घरजस्तो गरी चलाउन थालिएको आरोप लगाएका थिए ।

‘पार्टी महासचिव र अध्यक्षका रूपमा मैले पनि पार्टी हाँकेको छु, अरू नेताले पनि पद्धतिका आधारमा पार्टी चलाएका थिए, तर तपार्इंले सबै पद्धति मिच्नुभएको छ, कुनै नेताको राय पनि लिनुनपर्ने यो पार्टी के तपाईंको घर हो ?’ उनको प्रश्न थियो ।

खनालले आफु राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको र यो विषयमा पार्टीको आधिकारिक निकायमा छलफल हुनुपर्ने प्रस्ताव पनि राखेका थिए । खनालको आक्रोश ओलीले खासै प्रतिक्रिया दिएनन्, बरु संसद् बैठकका लागि सबै नेता बानेश्वरतर्फ लागे । – नयाँ पत्रिकाबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ