२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको बिषयलाई लिएर एमाले दुई कित्तामा विभाजित

२०७४, २४ फाल्गुन बिहीबार ०१:२६

फागुन २४, काठमाडौं | राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर  नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपतिलाई दोहोर्याउने वा नदोहोर्याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो ।

करिब सात घण्टासम्म चलेको बैठकको अन्त्यमा झलनाथ खनालले दाबी छाडेपछि राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्याउने निर्णय भएको थियो । माधव कुमार नेपालको जन्मदिनको केक काटेर साँझ ६ बजे सुरु भएको बैठक सकेर एमालेका नेताहरु बालुवाटारबाट बाहिरिँदा रातको १ बजेको थियो 

दोस्रो तहका नेताहरु कसलाई राष्ट्रपति बनाउने भनेर विभाजित भए पनि शीर्ष नेताहरुले यस विषयमा आफ्नो धारणा स्पष्टसँग राखेका थिएनन् । माधव नेपालले अध्यक्ष को कार्यशैली ठिक नभएको भन्दै आलोचना गरेका थिए । 

बैठकमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको समेत आलोचना भएको थियो । महत्वपूर्ण निर्णय गर्नुपर्दा अन्तिम समयमा मात्रै बैठक बोलाउने, पहिलो अजेन्डा केही पनि नभन्ने र पार्टी विधिअनुसार नचलेको भन्दै अध्यक्ष ओलीको आलोचना भएको थियो ।

'संसदीय दलको बैठकबारे जानकारी समेत ढिलो गरियो । अन्य विषयमा निर्वाचन समिति गठन हुन्थ्यो । संसदीय दलमा त्यो पनि भएन ।' उपमहासचिव घनश्याम भुसाललाई उद्धृत गर्दै स्रोतले भन्यो, 'संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी थियो ।'

फागुन ३ गते दिउँसो भएको बैठक सुरु हुन लाग्दा मात्रै खबर भएको भुसालले बताए ।  राष्ट्रपतिबाट बिहान प्रधानमन्त्री नियुक्त भएका ओलीलाई दिउँसो एमाले संसदीय दलको नेता सर्वसम्मत रुपमा चुनेको थियो ।

बैठकमा पार्टीको कार्यशैलीप्रति आलोचना गर्दै उपमहासचिव भुसालले नोट अफ डिसेन्ट लेख्ने बताए । – नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ