२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली नेतृत्वको सरकारमा दुई तिहाइ पुग्यो – पक्ष/विपक्षमा को-को ?

२७ फाल्गुन २०७४, आईतवार ०१:१९

फागुन २७, काठमाडौं | प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन देखिएको छ । सरकारले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका वेला ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको हो । 

दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा १२ मत बढी देखिएको छ । राजनीतिक स्थिरतासँगै भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका पक्षमा सरकारलाई अहिलेसम्म दुईतिहाइभन्दा बढी सांसदले समर्थन जनाइसकेको एमाले उपमहासचिव विष्णु पौडेलले बताए । ‘कांग्रेसबाहेकका दल सरकारलाई विश्वासको मत दिन सकारात्मक छन्’, पौडेलले नयाँ पत्रिकासँग भने, ‘केही दलले निर्णय नै गरेर समर्थन जनाइसकेका छन्।’

प्रधानमन्त्री ओलीलाई अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ सांसदको समर्थन रहने देखिन्छ । राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले राजपाले सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको नयाँ पत्रिकालाई जानकारी दिए । ‘हामी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्छौं,’ यादवले भने । राजपाले यसअघि नै राष्ट्रपतिमा विद्या भण्डारीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्ने तयारीमा छन्। राप्रपा प्रवक्ता भुवन पाठकले राष्ट्रियता र प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिको अपेक्षा गर्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

संसद्को समीकरण

प्रधानमन्त्रीको पक्षमा

- एमाले १२१

- माओवादी केन्द्र ५३

- राजपा १७

- स्वतन्त्र :३ (राजमो १, राप्रपा १, छक्क लामा)

विपक्षमा

-कांग्रेस ६३

अनिर्णीत

-फोरम १६

-स्वतन्त्र : २ (नयाँ शक्ति १, नेमकिपा १)

- यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै