५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा साइकल लेन !

२७ फाल्गुन २०७४, आईतवार ०१:२९

फागुन २७, काठमाडौँ | जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यकामा साइकल लेन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।सानेपास्थित स्टार हस्पिटल र वर्ल्ड साइकल टुर क्याम्पेनद्वारा संयुक्त रूपमा आयोजित साइकल र्‍याली उद्घाटन गर्दै मन्त्री पण्डितले भने, ‘काठमाडौं उपत्यकालगायत सम्भव भएका ठाउँमा साइकल लेन बनाउन पहल गर्छु।’ 

सवारी साधन र इँटाभट्टाका कारण प्रदूषित धुवाँले वातावरण बिगारिरहेको उल्लेख गर्दै एक वर्षभित्र काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा मास्क लगाउन नपर्ने बनाउन प्रयास गरिरहेको उनले बताए।


काठमाडौंमा सवारीसाधन र इँटाभट्टाबाट निस्कासन हुने धुवाँले प्रदूषण बढाइरहेको उल्लेख गर्दै उनले शरीरले थेग्नेभन्दा साढे आठ गुणा बढी वायु प्रदूषण रहेको जानकारी दिए। स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा साइकल स्ट्यान्ड निर्माण गरिने बताए। हस्पिटलका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले मुनाफाभन्दा उपचार सेवामा योगदान गर्न अस्पताल सञ्चालन गरिएको बताए। – यो खबर हामीले अन्नपूर्णबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने