२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा साइकल लेन !

२०७४, २७ फाल्गुन आईतवार ०१:२९

फागुन २७, काठमाडौँ | जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यकामा साइकल लेन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।सानेपास्थित स्टार हस्पिटल र वर्ल्ड साइकल टुर क्याम्पेनद्वारा संयुक्त रूपमा आयोजित साइकल र्‍याली उद्घाटन गर्दै मन्त्री पण्डितले भने, ‘काठमाडौं उपत्यकालगायत सम्भव भएका ठाउँमा साइकल लेन बनाउन पहल गर्छु।’ 

सवारी साधन र इँटाभट्टाका कारण प्रदूषित धुवाँले वातावरण बिगारिरहेको उल्लेख गर्दै एक वर्षभित्र काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा मास्क लगाउन नपर्ने बनाउन प्रयास गरिरहेको उनले बताए।


काठमाडौंमा सवारीसाधन र इँटाभट्टाबाट निस्कासन हुने धुवाँले प्रदूषण बढाइरहेको उल्लेख गर्दै उनले शरीरले थेग्नेभन्दा साढे आठ गुणा बढी वायु प्रदूषण रहेको जानकारी दिए। स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा साइकल स्ट्यान्ड निर्माण गरिने बताए। हस्पिटलका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले मुनाफाभन्दा उपचार सेवामा योगदान गर्न अस्पताल सञ्चालन गरिएको बताए। – यो खबर हामीले अन्नपूर्णबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ