२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतलाई पनि अमेरिकी राष्ट्रपति ट्रम्पले दियो यस्तो धम्की

२०७४, २७ फाल्गुन आईतवार ०१:३८

फागुन २७, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा पनि तनाव बढ्न सक्ने अनुमान गरिएको छ।

अमेरिकालाई आफ्नो प्रमुख प्रतिस्पर्धी चीनसँगै जोडेर भारतलाई पनि अमेरिकी कम्पनीहरु माथिको कर नघटाए आफ्नो देशमा रहेका कम्पनीमाथि पनि दोब्बर कर थोपरिदिने धम्की दिएका हुन् ।

ट्रम्पले यी दुई देशमा रहेका अमेरिकी कम्पनीमाथि लगाइएको कर घटाउनै पर्ने यदि नघटाइए त्यसविरुद्ध आफूले कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेका छन् ।

व्हाइट हाउसको कार्यक्रममा बोल्दै उनले भने, 'हामी बराबरीको करण प्रणाली लागू गर्न सक्छौँ । यदि उनीहरु २५,५० या ७५ प्रतिशत कर थोपर्छन् भने हामी पनि उनीहरुकै बराबरको कर उनीहरुबाट असुल्न जान्दछौँ । यदि उनीहरु हामीसँग ५० लिन्छन् भने हामी पनि उनीहरुबाट ५० प्रतिशत असुल्छौँ ।'

पछिल्लो केही समयदेखि ट्रम्पले अमेरिकाबाट आयात गरिने महँगो मोटरसाइकल हार्ले डेभिडसनमाथि ५० प्रतिशत कर लगाएकोबारेमा भारतमाथि प्रश्न उठाइरहेका छन् । ट्रम्पले आफूहरुले भारतबाट आयात गर्ने मोटरसाइकलमा पनि त्यसरी कर नलागएको जिकिर गरेका छन् ।

उनले अगाडि भने, 'चीन र भारत इस्पातमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत आयात शुल्क लगाइरहेका छन् ।'

- यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न