४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आफ्नी पार्वती’ बनाउन नपाएपछि बर्बर यातना’

२८ फाल्गुन २०७४, सोमबार ०२:०१

फागुन २८, देवकलिया (कैलाली) | साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक साता नबित्दै छिमेकी गाउँ सुखड घुर्साकी स्मारिका चौधरी उनको घरमा आइपुगिन् ।

आफू बडीकेदार (डोटीमा रहेको तीर्थस्थल) बाट फर्केको र भोलेबाबाकी पार्वती भएको दाबी गर्दै उनकै घरमा सँगै बस्न थालेपछि उनले एकाएक चर्चा पाए । यो चर्चासँगै सुरु भयो रामबहादुर चौधरी भोलेबाबाको ठगी धन्दा ।

राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नुअघि भोलेबाबाले अन्य पाँच महिलालाई भूत–प्रेत भगाउने निहुँमा यातना दिइसकेका थिए । एक पुरुषको गालामा उनले ओगोसमेत डामेका थिए । स्थानीय विद्यालयमा कक्षा ११ मा पढ्ने राधालाई भोलेबाबाले शिवरात्रि ताकादेखि नै आफूकहाँ बोलाउन सुरु गरेका थिए ।

बोक्सी आरोपमा कुटपिट भएकी राधा चौधरीको घर, यही घरको आंगन सफा गरिरहेकी उनलाई ४ दिनअघि बोक्सीको आरोपमा घिसार्दै दुइ किलोमिटर टाढा रहेको पूर्वटोलमा लगिएको थियो । तस्बिरः डीआर पन्त, कान्तिपुरबाट

स्थानीयका अनुसार कथित बाबाले राधालाई ‘आफ्नी पार्वती’ बनाउन चाहेका थिए । ‘पटक–पटक राधालाई उनले बोलाउने गरेका थिए, तर राधाले उनीकहाँ जान मानिनन्,’ स्थानीय भलमन्सा राजाराम चौधरीेले भने, ‘त्यसैले घटना हुनु दुई दिनअघि कतारमा मृत्यु भएका स्थानीय कन्सराम चौधरीलाई पीडित राधाले कालो बिरालो बनेर मारेको हल्ला पार्वती (स्मारिका) मार्फत उनले फैलाए ।’

‘घटनाको एक दिनअघि पनि उनले राधालाई बोलाउन पठाएका थिए, तर राधा गइनन्,’ उनले भने, ‘अर्को दिन बिहानै नियोजित रूपमा किस्मती चौधरीसहित १८/२० जनाको समूह घरमै पुगी काम गरिरहेकी राधालाई लछारपछार गर्दै झन्डै दुई किलोमिटर टाढा रहेको भोलेबाबाको घरमा पुर्‍याइयो ।’ त्यसपछि सुरु भयो भोलेबाबा र उनकी पार्वतीको ताण्डव लीला । – यो खबर आजकोकान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता