२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैन्य शक्तिमा नेपाल कतिऔं स्थानमा, कति शक्तिशाली छ नेपाल ?

२०७४, २८ फाल्गुन सोमबार ०२:४८

फागुन २८, काठमाडौं | सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औ स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका  एक सय ३३ मुलुकको  सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ । 

नेपाल गत वर्ष ९८ औं स्थानमा थियो । समाचारमा विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण तथा अनुसन्धान गर्ने संस्था ‘ग्लोबल फायर पावर’ (जीएफपी ) ले  यस्तो वर्गीकरण गर्ने गर्छ लेखिएको छ।

वर्गीकरणमा अमेरिका पहिलो, रुस दोस्रो स्थानमा रहेका छन् । नेपालका दुई छिमेकी चीन र भारत क्रमस तेस्रो र चौथो स्थानमा छन् । जीएफपीले सैन्य शक्तिको वर्गीकरण गर्दा परम्परागत युद्ध हतियार तथा उपकरणलाई समावेश गरिएको जनाएको छ । यसमा परमाणु हतियार भने समावेश गरिएको छैन ।

जीएफपीले नेपालको सैन्य सेवामा योगदान दिनसक्ने जनशक्ति एक करोड १२ लाख १० हजार रहेको जनाएको छ । यस्तो जनशक्तिले युद्धको बेला मुलुकमा युद्ध भएको बेला सहयोग गर्न सक्ने संस्थाले जनाएको छ । त्यस्तै सेनासँग कुल एक लाख ५७ हजार सैनिक अधिकारी रहेको र त्यसमध्ये ९५ हजार सक्रिय सैनिक रहेको जनाएको छ ।

वर्गीकरणका लागि आवश्यक पर्ने हवाइ शक्तिमा नेपालसँग २२ वटा एयरक्राप्ट रहेको र त्यसमध्ये १८ वटा हेलिकोप्टर रहेको उक्त संस्थाले उल्लेख गरेको छ । त्यस्तै नेपालसँग एक हजार चार सय ८० बख्तरबन्द लडाकु वहान रहेको जनाइएको छ भने एक सय २० तोप तान्ने वहान (टोड आर्टिलरी) रहेको जनाएको छ । नेपाल भूपरिवेस्ठित मुलुक भएकाले जल सैनिक भने शुन्य देखाइएको छ । उक्त संस्थाले नेपालको श्रम शक्ति एक करोड ५२ लाख उल्लेख गरेको छ भने १७ हजार दुई सय ८२ किलोमिटर सडक विस्तार भएको जनाइएको छ । नेपालमा ५९ किलोमिटर रेलवे र ४७ वटा विमानस्थल सञ्चालनमा रहेको उल्लेख गरिएको छ ।

वर्गीकरणमा दक्षिण एशियाली मुलुक भुटान अन्तिम एक सय ३३ औ स्थानमा परेको छ भने पाकिस्तान १३ औ स्थानमा परेको छ । त्यस्तै बंगलादेश ५७ औ स्थानमा परेको छ भने अफगानिस्तान ६९ औ स्थानमा परेको छ । – नागरिक दैनिकले समाचार छापेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न