५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैन्य शक्तिमा नेपाल कतिऔं स्थानमा, कति शक्तिशाली छ नेपाल ?

२८ फाल्गुन २०७४, सोमबार ०२:४८

फागुन २८, काठमाडौं | सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औ स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका  एक सय ३३ मुलुकको  सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ । 

नेपाल गत वर्ष ९८ औं स्थानमा थियो । समाचारमा विश्वभरका आधुनिक हतियार र सैन्य शक्तिको विश्लेषण तथा अनुसन्धान गर्ने संस्था ‘ग्लोबल फायर पावर’ (जीएफपी ) ले  यस्तो वर्गीकरण गर्ने गर्छ लेखिएको छ।

वर्गीकरणमा अमेरिका पहिलो, रुस दोस्रो स्थानमा रहेका छन् । नेपालका दुई छिमेकी चीन र भारत क्रमस तेस्रो र चौथो स्थानमा छन् । जीएफपीले सैन्य शक्तिको वर्गीकरण गर्दा परम्परागत युद्ध हतियार तथा उपकरणलाई समावेश गरिएको जनाएको छ । यसमा परमाणु हतियार भने समावेश गरिएको छैन ।

जीएफपीले नेपालको सैन्य सेवामा योगदान दिनसक्ने जनशक्ति एक करोड १२ लाख १० हजार रहेको जनाएको छ । यस्तो जनशक्तिले युद्धको बेला मुलुकमा युद्ध भएको बेला सहयोग गर्न सक्ने संस्थाले जनाएको छ । त्यस्तै सेनासँग कुल एक लाख ५७ हजार सैनिक अधिकारी रहेको र त्यसमध्ये ९५ हजार सक्रिय सैनिक रहेको जनाएको छ ।

वर्गीकरणका लागि आवश्यक पर्ने हवाइ शक्तिमा नेपालसँग २२ वटा एयरक्राप्ट रहेको र त्यसमध्ये १८ वटा हेलिकोप्टर रहेको उक्त संस्थाले उल्लेख गरेको छ । त्यस्तै नेपालसँग एक हजार चार सय ८० बख्तरबन्द लडाकु वहान रहेको जनाइएको छ भने एक सय २० तोप तान्ने वहान (टोड आर्टिलरी) रहेको जनाएको छ । नेपाल भूपरिवेस्ठित मुलुक भएकाले जल सैनिक भने शुन्य देखाइएको छ । उक्त संस्थाले नेपालको श्रम शक्ति एक करोड ५२ लाख उल्लेख गरेको छ भने १७ हजार दुई सय ८२ किलोमिटर सडक विस्तार भएको जनाइएको छ । नेपालमा ५९ किलोमिटर रेलवे र ४७ वटा विमानस्थल सञ्चालनमा रहेको उल्लेख गरिएको छ ।

वर्गीकरणमा दक्षिण एशियाली मुलुक भुटान अन्तिम एक सय ३३ औ स्थानमा परेको छ भने पाकिस्तान १३ औ स्थानमा परेको छ । त्यस्तै बंगलादेश ५७ औ स्थानमा परेको छ भने अफगानिस्तान ६९ औ स्थानमा परेको छ । – नागरिक दैनिकले समाचार छापेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने