५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी भयो दुर्घटना : महानिर्देशक, क्यान

२९ फाल्गुन २०७४, मंगलवार ०२:४२

युएस बंगाल विमानको डास ८ बम्बार्डियर सोमबार दिउँसो दुई बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको हो । 

विमान अवतरण क्रममा एउटा घाँसेमैदान टेकेको देखिन्छ । विमान असन्तुलन भएर धावनमार्गको पुर्वतर्फ दुर्घटनामा परेको हो । 

विमानस्थलको टावर कन्ट्रोल रुम र विमान चालकबीच नियमित सम्पर्क भईरहेको थियो । 

कन्ट्रोल रुमले विमानलाई दक्षिणतर्फको रन वे जिरो टु मा अवतरण गर्न अनुमति दिएको थियो । 

तर, जहाज, दक्षिणबाट अवतरण नगरी उत्तरतर्फ मोडियो । उत्तरतर्फ जहाज मोडिएपछि कन्ट्रोल रुमले फेरि पाईलटसँग जहाजमा केही समस्या छ कि भनेर सोध्यो । 

पाईलटले आइएम गुड, नो प्रोब्लम भनिरहेको थिए । तर, विमानस्थलले जहाजमा केही समस्या देखिएको हुन सक्ने ठहर गरी सबै जहाज होल्ड गराएर रन वे खाली गराईसकेको थियो ।

विमानस्थलको टावर कन्ट्रोल रुम र पाइलटबीच नियमित संवाद हुँदाहुँदै विमान दुर्घटनामा परेको बताइएको छ । विमानस्थलको कन्ट्रोल रुमबाट बाहिरिएको गोप्य संवादमा पाइलटको विमानस्थलसँग नियमित सम्पर्क भइरहेको देखिन्छ । तर, चालकले कन्ट्रोल रुमको निर्देशन पालना नगर्दा विमान दुर्घटनामा परेको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

टावर कन्ट्रोल रुमसँग सम्पर्क हुँदा पाइलटले विमानमा कुनै पनि समस्या नरहेको बताएका थिए । विमानलाई दक्षिणतर्फको एप्रोचबाट ल्यान्डिङका लागि अनुमति दिएको थियो । तर, चालकले विमानलाई दक्षिणबाट नभई उत्तरतर्फबाट अवतरण गराउन प्रयास गरेका थिए ।

‘दक्षिणबाट अवतरण गर्नुपर्ने विमान उत्तरतर्फ लागेपछि कन्ट्रोल रुमले विमानमा समस्या देखिएको हो कि भनेर सोधेको थियो’, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक गौतमले भने, ‘चालकले जहाज सामान्य अवस्थामै रहेको जवाफ दिए ।’ कन्ट्रोल रुमले पनि जहाज अवतरण गराउन उत्तर-दक्षिण दुवै एप्रोचबाट सुविधा दियो । तर, विमान धावनमार्गभन्दा बाहिर पूर्वतिरको भागमा दुर्घटना हुन पुग्यो । 

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने