फागुन २९, काठमाडौँ | मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ ।
नेपाल घुम्ने रहर सानैदेखि थियो ।
सोमबार १२:३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंका लागि उडेँ ।
हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो ।
काठमाडौं विमानस्थलमा २:३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो ।
पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ ।
दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो ।
दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् ।
अचानज सबै कुरा भयो ।
जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएका थिएँ ।, आजको नागरिकमा यो खबर छ ।