२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिमान दुर्घटना: कमजोर सुरक्षा, भद्रगोल उद्धार

२०७४, ३० फाल्गुन बुधबार ०२:४५

फागुन ३०, काठमाडौँ | दुर्घटनाको १० मिनेटसम्म दमकल पुगेन, पछि सुरक्षाकर्मी मात्र होइन, सर्वसाधारणले पनि धावनमार्ग पार गरे । 

जहाज धावनमार्ग छाडेर पूर्वी–दक्षिणतर्फको घाँसेमैदानमा जोतियो । जहाजबाट आगो र धुवाँको मुस्लो छुट्यो । त्यसको १० मिनेटपछि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थल पुगे । तर, उद्धार रफ्तारमा हुन सकेन । सुरक्षाकर्मी आपसमा अलमलिरहेका देखिन्थे । उद्धारमा खटिएका नै अलमलमा परेपछि दुर्घटनापछिको परिस्थिति भद्रगोल बन्न पुग्यो । दुर्भाग्यवश ५० यात्रुले ज्यान गुमाए ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा गार्ड प्रमुख एसएसपी प्रेम चन्द उद्धारमा भद्रगोल भएको स्विकार्न तयार छैनन् । कुनै कसर बाँकी नराखी उद्धार गरिएको उनले बताए । उनी भन्छन्, ‘दुर्घटनालगत्तै सुरक्षाकर्मी उद्धारमा खटिएका हुन् । दमकलले आगो निभायो । अति प्रज्ज्वलनशील पदार्थलाई आगोले टिप्ने डरले विशेष खालको ‘फम’ प्रयोग गरियो, घाइतेलाई विमानस्थलको मूलगेटबाट लैजाँदा समय लाग्ने भएकाले भन्सारतर्फको गेट प्रयोग गरियो ।’

विमानस्थलभित्र हुन सक्ने दुर्घटनाको क्षति न्यूनीकरण गर्न र यात्रुको उद्धार गर्न प्रत्येक वर्ष सुरक्षाकर्मीले काल्पनिक घटनाको रिहल्सन (डेमो) गर्ने गर्छन् । त्यसवेला दुर्घटना भएको दुई मिनेटमै घटनास्थलमा सुरक्षाकर्मी पुगेको र उद्धारमा खटिएको देखाइन्छ । तर, सोमबार भएको दुर्घटनामा रिहल्सनमा गरिएझैँ दुई मिनेटमै सुरक्षाकर्मी घटनास्थल पुगेको देखिएन । न त उद्धार नै छरितो भयो । तर, एसएसपी चन्द भने १० मिनेटभित्र यो सब काम भएको भन्दै काम चुस्त भएको दाबी गर्छन् । 

विमानस्थलभित्र  क्षणभरमै सयौँको भिड 

विमानस्थलको सुरक्षा अति संवेदनशील मानिन्छ । अत्यावश्यक जाँच गरेपछि मात्रै सर्वसाधारणले विमानस्थलमा प्रवेश पाउँछन् । तर, सोमबार दुर्घटनाग्रस्त जहाज जलेको हेर्न दर्जनौँ सर्वसाधारण घटनास्थलमै पुगे । कतिपय चप्पलसमेत नलगाई घटनास्थलतर्फ हान्निएका देखिन्थ्यो । उनीहरू हात हल्लाउँदै ‘अलिहेसम्म उद्धारका लागि सेना प्रहरी आएको छैन’ भन्दै थिए । यतिसम्म कि रमिता हेर्न केटाकेटीसमेत पुगेका थिए । त्योभन्दा ठूलो भिड विमानस्थलको पूर्वी–दक्षिणतर्फको पेप्सिकोला तिरको गेटमा देखिन्थ्यो । यही गेटबाट सर्वसाधारण विमानस्थलभित्र छिरेका थिए । घटनास्थलमा सर्वसाधारणको भिड बढेपछि गेटमा खटिएका सुरक्षाकर्मीले अरूलाई भने भित्र जान रोकेको थियो । त्यसैले गेटमा भिड बढेको थियो ।

तर, एसएसपी चन्द विमानस्थलभित्र सर्वसाधारण नछिरेको दाबी गर्छन् । ‘विमानस्थलको कुनै पनि गेटबाट सर्वसाधारण घटनास्थल छिरेका छैनन् । मिडियाकर्मीलाई समेत घटनास्थल छिर्न रोक लगाइएको थियो । टाउजर र हाफपाइन्टमा देखिएका त सिभिलमा खटिएका सुरक्षाकर्मी हुन् । तत्काल उद्धारमा खटिनुपर्ने भयो । त्यसैले उनीहरू जस्तो अवस्था थिए, सोही अवस्थामा उद्धारमा खटाइएको हो,’ चन्दले दाबी गरे ।

जगेडा सुरक्षाकर्मी छैनन् 

विमानस्थलमा नियमितबाहेक आकस्मिक सुरक्षामा खटाउन जगेडा सुरक्षाकर्मीको व्यवस्था छैन । त्यसैले सोमबार नियमित सुरक्षामा खटिने २५ सुरक्षाकर्मीलाई दुर्घटनास्थलतर्फ खटाइयो । त्यसपछि मात्रै उद्धारका लागि थप सुरक्षा बल माग गरिएको थियो ।

एसएसपी चन्दले भने, ‘यहाँ रहेका २० देखि २५ सुरक्षाकर्मी तत्काल दुर्घटनास्थलमा खटाइयो । थप सुरक्षाकर्मी त्यसपछि मागिएको हो । त्यसवेलासम्म सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी पनि घटनास्थल आइसकेका थिए । सबै गरी करिब ३ सयको संख्यामा सुरक्षाकर्मी उद्धारमा खटिएका थिए ।’

विमानस्थलको प्रत्यक्ष सुरक्षा नेपाल प्रहरीको कमान्डमा छ । विमानस्थलभित्रको सम्पूर्ण सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी रहन्छन् । यसका लागि नेपाल प्रहरीको मात्रै ३ सय ७ दरबन्दी छ, कमान्ड डिआइजीले गर्छन् । विमानस्थलको यो नियमति सुरक्षा संयन्त्र हो । यो संयन्त्रमा चौबिसै घन्टा सुरक्षाकर्मी खटिनुपर्छ । त्यसैले यहाँको सुरक्षाकर्मीलाई झिकेर अन्त लैजान सकिँदैन । अत्यावश्यक परे बाहिरैबाट थप सुरक्षाकर्मी माग्नुपर्ने हुन्छ । विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी पनि हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न