२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. गोविन्द केसीको अबको बाटो कता ?

१२ श्रावण २०७५, शनिबार ०१:२९

साउन १२, काठमाडौँ | सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका लागि लामो समयदेखि संघर्षरत् डा. केसीको यो सफलतालाई उहाँको व्यक्तिगत जित र सरकारको हारको रुपमा भने लिनुहुँदैन । बिहीबार राति डा. केसीले सरकारसँग गरेको सम्झौता नेपाली जनता र सरकार दुवैको जित हो । 

जनताका लागि निःशुल्क शिक्षा र स्वास्थ्य समाजवादको पहिलो प्राथमिकतामा पर्छ । संसारका प्रायः सबै समाजवादी मुलुकमा जनताले सबैभन्दा पहिले पाउने सुविधा भनेकै निःशुल्क शिक्षा र स्वास्थ्य सेवा हो । भर्खरै सम्पन्न चुनावमा घोषणापत्रमै समाजवादलाई प्राथमिकतामा राखेकै कारण पनि नेकपा पार्टीलाई दुई तिहाइ मत दिएर नेपाली जनताले सरकारमा विराजमान गराएकोे कुरालाई यो सरकारले बिर्सनुहुँदैन । 

जनताको भावनासँग गाँसिएका कुनै पनि शान्तिपूर्ण आन्दोलनलाई सरकारसँग भएको दुई तिहाइको दम्भ र घमण्डले मात्र पराजित गर्न नसकिने रहेछ भन्ने कुराको ठूलो उदाहरण बनेको छ डा। गोविन्द केसीको सत्याग्रह । 

डा. केसीले पनि अब के कुरामा हेक्का राख्नु जरुरी छ भने, पटक–पटकको अनशनबाट आफूलाई मात्र सास्ती नभई अनशनका कारण अस्पतालहरुमा सिर्जना भएको अवरोधले विगतमा झैँ धेरै बिरामीले अनाहकमा ज्यान गुमाउनुपर्ने हुन्छ ।

जतिसुकै राम्रो उद्देश्य भए पनि धारावाहिक टेली फिल्मजस्तै पटक–पटकको अनशनले एकातिर उहाँको विश्वसनीयता पनि क्रमशः घट्दै जाने सम्भावना हुन्छ भने अर्कोतिर सरकारले आरोप लगाएजस्तै उहाँ कुनै राजनीतिक पार्टीको गोटी भएको कुरालाई प्रमाणित गर्न सघाउ पुर्याउँछ ।

- आजको नेपाल समाचारपत्रले विशेष सम्पादकीय छापेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता