२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘हिम्मतवाली’का नायक सुदर्शन पनि मानव तस्करीमा !

१६ श्रावण २०७५, बुधबार ०२:३८

साउन १६, काठमाडौँ | नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ ।

अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा संलग्न रहेको खुलेको हो ।

उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार हाइटीस्थित पोर्ट अफ वेबाट समुद्री बाटो हुँदै अमेरिका छिर्न लागेका उनीहरू सवार पानीजहाज पाभोस्थित समुद्रमा बिग्रिएको थियो ।

जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ युवती सवार थिए । जहाज अड्किएको १४ दिनपछि सुमित्राको स्वास्थ्य बिग्रिएको थियो । 

कलाकार बनाएर मानव तस्करी

प्रहरीका अनुसार उनीहरूलाई नेपालबाट विभिन्न रुट हुँदै हाइटीसम्म बाग्लुङका सागर श्रीश, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेले पु-याएका थिए । त्यसपछि अमेरिका लैजाने जिम्मा भने गौतमले लिएका थिए ।

उनीहरूलाई संस्कार नामक चलचित्रका कलाकार तथा प्राविधिक बनाएर अमेरिका लगिँदै थियो । त्यसमध्ये सागर, लेकबहादुर, अनिल र सुरजलाई भने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरिसकेको छ ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले मानव तस्करीमा हिम्मतवाली चलचित्रका नायक सुदर्शन गौतमको संलग्नता देखिएको बताए । उनले भने, ‘हामीले केहीलाई पक्राउ गरेका छौँ । केही निगरानीमा छन् । उनीहरूको बयान सुन्दा सुदर्शन गौतमको पनि संलग्नता देखिन्छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’ 

- यो खबर आजकोनयाँ पत्रिकामा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता