२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३ किलो सुनको अभावले मनकामना पुनर्निर्माण रोकियो, १५ किलोले पुगेन

१८ श्रावण २०७५, शुक्रबार ०२:०१

साउन १८, गोरखा | छानामा सुनको जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ । गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्वार समितिका संयोजक नरन्द्रबाबु श्रेष्ठले बताए । 

‘छानामा मात्र साढे १६ किलो सुन लाग्ने अनुमान थियो,’ उनले भने, ‘१५ किलो खरिद गरका थियौ“। त्यो पनि सकियो।’ उनका अनुसार पुरातत्व विभागबाट निकासा भएको चार करोड रुपैयाले सात किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट आठ किलो सुन खरिद गरिएको थियो । सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताए । ‘काम गर्ने मान्छेले पनि रेस्ट भने । सुन पनि पुगेन,’ उनले भने, ‘अब सुन ल्याएर एक साताभित्रै काम सुरु गरिहाल्छौं ।

अब सुन भए मन्दिरको मात्र काम गर्न १५/२० दिन लाग्ने उनको भनाई छ । अब मूलढोका, कंकालको मूर्ति, तोरण, भित्रपट्टिको सिलिङ र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने तयारी छ । बाँकी सुन किन्न डेढ करोड रुपैया लाग्ने अनुमान छ । आन्तरिक स्रोतबाटै लगानी गर्ने समितिले जनाएको छ । छानामा तामाको पाता बिछ्याएर सुनको जलप लगाइएको हो । ‘गजुर मर्मतमा पाँच लाखको अनुमान गरिएकोमा २३ लाख लाग्यो ।’ 


मन्दिर जीर्णोद्वारको लागि भक्तजनबाटै हालसम्म आठ करोड रुपैया संकलन भएको छ भने काम सुरु भएयता करिब १० करोड खर्च भइसकेको छ । 

- यो समाचार आजको कान्तिपुर दैनिकबाट लिईएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता