२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमै बालकको हत्याः किन बचाउन सकेन प्रहरीले ?

२०७५, २२ श्रावण मंगलवार ०२:२९

साउन २२, काठमाडौँ | प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ । 

बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।

आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो ।

जबकि आईतबार राती नौ बजे अपहरणकारीले निशानकी आमा चमेलीलाई फोन गर्दै छोरा अपहरणमा परेको भन्दै ४० लाख रुपैयाँ फिरौती मागेका थिए । त्यसलगत्तै परिवार प्रहरीको सम्पर्कमा पुगेको थियो ।

समयमै प्रहरीले सूचना पाए पनि अपहरणकारीको पञ्जाबाट निशानलाई किन मुक्त गराउन सकेन ?


निशानको डेराबाट उनको हत्या भएको स्थान मुस्किलले केही किलोमिटरको दुरीमा पर्छ । मान्छेको चहलपहल हुने र बाक्लो बसोबास रहेको क्षेत्रमा लगेर अपहरणकारीले निशानलाई लुकाएको र फिरौती पनि असुल्न नसकिने, घटना पनि सार्वजनिक हुने डरले हत्या गरिएको देखिन्छ ।

सूचना पाएको १५ घन्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमीको नगदेशस्थित श्याम लवटको घर निर्माणका लागि खनेको जगको खाल्डोमा मृत फेला पारेको थियो ।

- यो खबर आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ