२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खतरनाक लोकमान: सुशीलालाई १० करोड ‘गोडधुवा’ दिन खोजेको खुलाशा

२०७५, २६ श्रावण शनिबार ०२:२७

साउन २६, काठमाडौं | अख्तिायार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । 

पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक विमान विद्रोह मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो । 

'टोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खुड्केलोमा राखेर गोडा धुने रे ! अर्कोले मलाई छेउमै बोलाएर भन्यो, बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ ।' सुवेदीको पुस्तकमा उल्लेख छ, 'लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।'

पुस्तकको यो प्रसंगले ठूलो मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको छ । 

प्रधानन्यायाधीश निवासमा बस्दा सबभन्दा ठूलो सकसचाहिँ लोकमानको मुद्दा आएपछि भएको सुवेदीले लेखेका छन् ।

- आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ