३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीको शव भेट्नुअघि निर्मलाकी आमा पटक-पटक यही घरमा गईरहिन्

१२ भाद्र २०७५, मंगलवार ०२:३३

भदौ १२, काठमाडौँ | रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिईन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘ भोली मेरै घरमा आउनु चटपटेको पैसा पनि दिनुछ, संगै बसेर होमवर्क गरौंला’ साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिदै दुर्गादेवी पन्तले भनिन्,‘ उसले अघिल्लो दिनमै आएर बोलाएकाले साउन १० गते छोरी उसको घरमा बिहान ११ बजे गएकी थिई।’ रोशनीको घरमा उनकी दिदी बविता उर्फ अनिता बम र उनी बस्ने गर्थिन् ।




हत्या भएकी निर्मलाकी आमा दुर्गादेवी पन्त

होमवर्क गर्न गएकी निर्मला दिउँसो २ बजे नै त्यहाँबाट फर्किसकेको बताईएपनि उनी भने घर पुगिनन् । ‘ म त्यही दिन सामान लिन बनवासा गएकी थिए’ दुर्गादेवीले भनिन्,‘ घर पुगेर निर्मला कहाँ छे भनेर खोजे, अरु छोरीले साथी रोशनीकोमा गएको छ भने।’ साँझ पर्न लाग्दा समेत छोरी घर नपुगेपछि खोज्दै रोशनीको घर पुगे उनले भनिन् । तर त्यहाँ पुग्दा रोशनीले दिउँसै घर गइसकेको बताएपनि उसको दिदीले आक्रोश शब्दमा आफूप्रति खनिइन् । छोरी होमवर्क गर्न गएको घरबाट हराएपछि आमा दुर्गादेवीको शंका बढ्दै गएको थियो । ‘मैले पटक–पटक रोशनी कै घरमा गएर छोरी खोज्ने प्रयास गरे’ उनले भनिन्,‘तर रोशनीको दिदी अनिताले घरको गेटभित्र समेत पस्न नदिएर उल्टै नराम्रो व्यवहार देखायो।’'




बम दिदिबहिनी बस्ने घर, जहाँ हत्या भएकी निर्मला होमवर्क गर्न गएकी थिइन्

स्थानीय प्रहरी प्रशासनले समेत छोरी खोज्नलाई सहयोग नगरिदिदा पीडित बनेकी दुर्गादेवी पन्तलाई साउन १० गते रातभरी निन्द्रा परेन् । अर्कोदिन भोलीपल्ट पनि खोजी शुरु भयो । ‘ त्यसदिन समेत म बिहान फेरी मनले मानेन र सोध्न गए’उनले भनिन्,‘त्यसदिन समेत उनले घरभित्र गएर हेर्न दिइनन्, नजिकैको खोलामा खोजी गर्नेले साईकल भेटियो भन्दा उल्टै साईकल भेटियो त लाश पनि त्यतै भेटिएला नी भन्ने जवाफ फर्काइन ।’ साउन ११ गते निम्बुखेडा खोला नजिकैको उखुबारीमा निर्मलाको शव हत्या गरिएको अवस्थामा फेला पर्‍र्यो ।

- यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी