२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको भ्रातृ संगठन तरुण दलका जिल्ला अध्यक्ष भारतको विमानस्थलमा पक्राउ

१७ भाद्र २०७५, आईतवार ०१:२८

भदौ १७, काठमाडौं | कांग्रेसको भ्रातृ संगठन तरुण दलका काभ्रे जिल्ला अध्यक्ष दावा लामा भनिने जितेन्द्र तामाङ भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । उनलाई दुबईबाट नेपाल फर्कने क्रममा सिलिगुडी स्थित बागडोगरा विमानस्थल उड्न लाग्दै गर्दा दिल्ली प्रहरीले विमानस्थलको ३ नम्बर टर्मिनलबाट नियन्त्रणमा लिएको हो । 

लामालाई पश्चिम बंगाल प्रहरीले खोजिरहेको सूचनाको आधारमा पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ । श्चिम बंगाल प्रहरीले कोलकातामा भएकोकुटपिट घटनामा उनको संलग्नता रहेको बताएको छ । त्यस्तै उनको संलग्नता जाली नोटको कारोबारमा समेत हुन सक्ने दिल्ली प्रहरी अधिकारीको दाबी छ । 

दावा लामा, तस्विर लामा र प्रविण खड्का फ्लाई इमिरेट्सबाट दिल्लीमा ८:५०मा आइपुगेका थिए। दिल्लीबाट पश्चिम वंगालको वागडुला हुँदै ३ जना नै सिक्किम जाँदै थिए । लामाको सिक्किममा क्यासिनोमा लगानी रहेको बताइन्छ । 

यता आशंका के पनि छ भने उनलाई इन्टरपोल मार्फत खोजि गरिएको कारणले नै भारतीय अध्यामगनले नियन्त्रणमा लिएको हुनसक्ने बताएको छ । 

पक्राउ गरेपछि अध्यागमन अधिकारीहरुले लामाको पासपोर्ट लिएका छन् भने उनलाई अध्यागमनको सोधपुछ कक्षमै राखिएको छ। उनलाई वाहिर जान दिइएको छैनन् । उनको पासपोर्ट हिस्ट्री हेर्दा लगातार दुबई र बैंकक उडान गरको देखिएपनि यात्राको भरपर्दो कारण भने नभेटिएको बताइएको छ । पक्राउ लगत्तै विमानस्थल नजिकैको प्रहरी स्टेसनमा लगिएका लामालाई आगन्तुक कक्षमा प्रहरी निगरानीमा राखिएको थियो । आइतबार उनलाई पश्चिम बंगाल प्रहरीले लैजान सक्ने बताइएको छ । 

१५ जेठमा प्रहरी परिसर काठमाडौंले नेपालमा बसेर अन्तर्राष्ट्रिय फुटबल तथा क्रिकेट प्रतियोगिताको अनलाइन बेटिङ (सट्टेबाजी) गरको आरोपमा पूर्वफुटबल खेलाडी तथा प्रशिक्षक अञ्जन केसीसहित ६ जना पक्राउ गरको थियो । महानगरीय अपराध महाशाखाले असार १० मा आईपीएल क्रिकेटको अनलाइन सट्टेबाजीका मुख्य नाइके भनिएका नागराज भनिने नथमल अग्रवाललाई पक्राउ गरेको थियो । यी दुवै घटनामा लामाको समेत संलग्नता रहेको पाइएको र उनको खोजी नेपाल प्रहरीले पनि गरिरहेको बताइएको छ ।

तरुणदलद्वारा रिहाईको माग 

यसैबीच घटनालाई लिएर नेपाल तरुण दलले विनासर्त दावा लामाको रिहाइको माग गरेको छ । शनिबार दलद्वारा जारी विज्ञप्तिमा लामाको रिहाइको माग गरिएको उल्लेख छ ।

दुबईबाट नेपाल फर्कने क्रममा इन्दिरा गान्धी विमानस्थलमा केही सोधपुछको लागि अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिएको लामाले तस्बिरमार्फत् तरुण दललाई जानकारी गराएका थिए ।

‘एक लोकतन्त्रवादी तरुणमाथि अनायसै भएको यो धरपकडप्रति दलको ध्यानाकर्षण भएको छ’,  तरुण दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘काभ्रे जिल्ला अध्यक्ष जितेन्द्र तामाङ (दावा लामा) लाई विनासर्त रिहाइको माग गर्दछौं।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता