२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको भ्रातृ संगठन तरुण दलका जिल्ला अध्यक्ष भारतको विमानस्थलमा पक्राउ

२०७५, १७ भाद्र आईतवार ०१:२८

भदौ १७, काठमाडौं | कांग्रेसको भ्रातृ संगठन तरुण दलका काभ्रे जिल्ला अध्यक्ष दावा लामा भनिने जितेन्द्र तामाङ भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । उनलाई दुबईबाट नेपाल फर्कने क्रममा सिलिगुडी स्थित बागडोगरा विमानस्थल उड्न लाग्दै गर्दा दिल्ली प्रहरीले विमानस्थलको ३ नम्बर टर्मिनलबाट नियन्त्रणमा लिएको हो । 

लामालाई पश्चिम बंगाल प्रहरीले खोजिरहेको सूचनाको आधारमा पक्राउ गरिएको दिल्ली प्रहरीले जनाएको छ । श्चिम बंगाल प्रहरीले कोलकातामा भएकोकुटपिट घटनामा उनको संलग्नता रहेको बताएको छ । त्यस्तै उनको संलग्नता जाली नोटको कारोबारमा समेत हुन सक्ने दिल्ली प्रहरी अधिकारीको दाबी छ । 

दावा लामा, तस्विर लामा र प्रविण खड्का फ्लाई इमिरेट्सबाट दिल्लीमा ८:५०मा आइपुगेका थिए। दिल्लीबाट पश्चिम वंगालको वागडुला हुँदै ३ जना नै सिक्किम जाँदै थिए । लामाको सिक्किममा क्यासिनोमा लगानी रहेको बताइन्छ । 

यता आशंका के पनि छ भने उनलाई इन्टरपोल मार्फत खोजि गरिएको कारणले नै भारतीय अध्यामगनले नियन्त्रणमा लिएको हुनसक्ने बताएको छ । 

पक्राउ गरेपछि अध्यागमन अधिकारीहरुले लामाको पासपोर्ट लिएका छन् भने उनलाई अध्यागमनको सोधपुछ कक्षमै राखिएको छ। उनलाई वाहिर जान दिइएको छैनन् । उनको पासपोर्ट हिस्ट्री हेर्दा लगातार दुबई र बैंकक उडान गरको देखिएपनि यात्राको भरपर्दो कारण भने नभेटिएको बताइएको छ । पक्राउ लगत्तै विमानस्थल नजिकैको प्रहरी स्टेसनमा लगिएका लामालाई आगन्तुक कक्षमा प्रहरी निगरानीमा राखिएको थियो । आइतबार उनलाई पश्चिम बंगाल प्रहरीले लैजान सक्ने बताइएको छ । 

१५ जेठमा प्रहरी परिसर काठमाडौंले नेपालमा बसेर अन्तर्राष्ट्रिय फुटबल तथा क्रिकेट प्रतियोगिताको अनलाइन बेटिङ (सट्टेबाजी) गरको आरोपमा पूर्वफुटबल खेलाडी तथा प्रशिक्षक अञ्जन केसीसहित ६ जना पक्राउ गरको थियो । महानगरीय अपराध महाशाखाले असार १० मा आईपीएल क्रिकेटको अनलाइन सट्टेबाजीका मुख्य नाइके भनिएका नागराज भनिने नथमल अग्रवाललाई पक्राउ गरेको थियो । यी दुवै घटनामा लामाको समेत संलग्नता रहेको पाइएको र उनको खोजी नेपाल प्रहरीले पनि गरिरहेको बताइएको छ ।

तरुणदलद्वारा रिहाईको माग 

यसैबीच घटनालाई लिएर नेपाल तरुण दलले विनासर्त दावा लामाको रिहाइको माग गरेको छ । शनिबार दलद्वारा जारी विज्ञप्तिमा लामाको रिहाइको माग गरिएको उल्लेख छ ।

दुबईबाट नेपाल फर्कने क्रममा इन्दिरा गान्धी विमानस्थलमा केही सोधपुछको लागि अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिएको लामाले तस्बिरमार्फत् तरुण दललाई जानकारी गराएका थिए ।

‘एक लोकतन्त्रवादी तरुणमाथि अनायसै भएको यो धरपकडप्रति दलको ध्यानाकर्षण भएको छ’,  तरुण दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘काभ्रे जिल्ला अध्यक्ष जितेन्द्र तामाङ (दावा लामा) लाई विनासर्त रिहाइको माग गर्दछौं।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन