२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्ती गएका ७५ बर्षीय बिदेशी नागरिक मन्दिरको गेटबाहिर ३ घन्टा !

२०७५, २० भाद्र बुधबार ०१:२४

भदौ २०, काठमाडौँ | सोमबार बिहान ११ बजे । काठमान्डुको गुहेश्वरी मन्दिरमा मानिसहरूको बाक्लो भीड थियो । विवाहित जोडीहरु मन्दिरबाट बाहिरिन्थे । बिहे गर्न लागेकाहरु घुम्टो ओड्दै भित्रिन्थे । पूजाको थाली बोकेका भक्तजनहरु ओहोरदोहोर गरिरन्थे । मन्दिरभित्र बजिरहने घन्टीको आवाज र पिपलको बोटमा नाच्ने चराको चिरबिरले वातावरण रोमान्चित थियो ।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मन्दिरको गेटमा देखापरे । उनका फ्यानहरु सेल्फी खिच्न झुम्मिए । उनीहरु समता स्कुलका सञ्चालक उत्तम संजेलको जन्ती बन्न पुगेका थिए । संजेल र मनोज गजुरेल पनि आइपुगे । त्यही हुलमा ठाँटिँदै आए निलो सुट–पाइन्ट र निलै ह्याट लगाएका एकजना विदेशी । एकछिन सेल्फी खिचेर सेलिबे्रटीहरु मन्दिरभित्र पसे । तर, ती बृद्ध ढोकामा अचानक टक्क रोकिए । गहिरो गरी भित्तामा हेरे । त्यसपछि उनका पाइला अघि बढेनन् । गेटबाहिरै रोकिए उनी । फर्किए लुसुक्क । एकछिन अघि हर्षित मुद्रामा गफिरहेका ती बृद्धको अनुहारबाट एकाएक चमक हरायो । हुरीले ढालेको मकैबारी जस्तै सिताङ्ग देखिए । कुहिरोले छोपेको हिमाल जस्तै अध्यारो देखियो उनको अनुहार । केही बोलेनन् । मलिन अनुहार लिएर बागमतीको किनारतिर गए । नियालेर एकोहोरो हेरिरहे धमिलो बागमती ।

पाँच मिनेटमा सकिने भनिएको बिहे अलि बेरमा सकेर सबैजना बाहिरिए । तर दुलाहा दुलही भित्रै बसे । ती बृद्ध मन्दिरको गेटमा उनीहरुलाई कुर्न थाले । मन्दिरभित्रबाट बाहिरिने प्रत्येक मानिसको अनुहारमा नियालेर हेर्थे । बेलाबेलामा घाँटी तन्काएर मन्दिरभित्र पनि हेर्थे । कहिले बागमती किनारातिर जान्थे, कहिले पीपलको बोटमूनी पुग्थे । कहिले पूजाको सामान बेचिरहेकी युवतीसँग नेपाली भाषामै गफिन्थे । तर पटकपटक आँखा डुलाइरहन्थे, मन्दिरको सिँडीतिर ।

उनको नजिक गएँ । परिचय दिएँ । उनी ७५ वर्षीय बेलायती नागरिक जोन रहेछन् । मन्दिर बाहिरै घुमिरहनुको कारण उनले खोले । ‘म उत्तम संजेलको बिहेमा आएको । तर ऊ त्यहाँ इन्ट्रान्स फर वन्ली हिन्दु (हिन्दुका लागि मात्र प्रवेशाधिकार) लेखिएको रहेछ । त्यसैले भित्र गइनँ’, सूचनातिर देखाउँदै उनले भने ।

उनी बोल्दा बोल्दै भावुक भए । घोसेमुन्टो लगाए । खैरो आँखाको डिलडिलै आँशु टिलपिल टिलपिल हुन थाल्यो । चाउरिएको गालाबाट आँशुको थोपा एकएक गरी खस्न थाल्यो । उनले बिस्तारै भने, ‘के हिन्दु, के बुद्धिष्ट, के क्रिश्चियन, भगवान सबैको एकै हो ।’ त्यसपछि उनी बोलेनन् । चुपचाप बसे । रसिलो आँखाले एकपटक मन्दिरको सिडीतिर हेरे ।

‘मैले गीता पढेको छु । सबै धर्मको किताव पढेको छु । भगवान सबैको एकै हुन्छ । भगवानलाई यसरी भाग लगाउनु राम्रो होइन,’ उनी थरथर कामेको स्वरमा भन्दै थिए, ‘मन दुख्छ नि, किन नदुख्नु ? यो भगवानको घर हो । भगवानको घरमा सबै मान्छे जान पाउनुपर्छ ।’,

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह