३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्ती गएका ७५ बर्षीय बिदेशी नागरिक मन्दिरको गेटबाहिर ३ घन्टा !

२० भाद्र २०७५, बुधबार ०१:२४

भदौ २०, काठमाडौँ | सोमबार बिहान ११ बजे । काठमान्डुको गुहेश्वरी मन्दिरमा मानिसहरूको बाक्लो भीड थियो । विवाहित जोडीहरु मन्दिरबाट बाहिरिन्थे । बिहे गर्न लागेकाहरु घुम्टो ओड्दै भित्रिन्थे । पूजाको थाली बोकेका भक्तजनहरु ओहोरदोहोर गरिरन्थे । मन्दिरभित्र बजिरहने घन्टीको आवाज र पिपलको बोटमा नाच्ने चराको चिरबिरले वातावरण रोमान्चित थियो ।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मन्दिरको गेटमा देखापरे । उनका फ्यानहरु सेल्फी खिच्न झुम्मिए । उनीहरु समता स्कुलका सञ्चालक उत्तम संजेलको जन्ती बन्न पुगेका थिए । संजेल र मनोज गजुरेल पनि आइपुगे । त्यही हुलमा ठाँटिँदै आए निलो सुट–पाइन्ट र निलै ह्याट लगाएका एकजना विदेशी । एकछिन सेल्फी खिचेर सेलिबे्रटीहरु मन्दिरभित्र पसे । तर, ती बृद्ध ढोकामा अचानक टक्क रोकिए । गहिरो गरी भित्तामा हेरे । त्यसपछि उनका पाइला अघि बढेनन् । गेटबाहिरै रोकिए उनी । फर्किए लुसुक्क । एकछिन अघि हर्षित मुद्रामा गफिरहेका ती बृद्धको अनुहारबाट एकाएक चमक हरायो । हुरीले ढालेको मकैबारी जस्तै सिताङ्ग देखिए । कुहिरोले छोपेको हिमाल जस्तै अध्यारो देखियो उनको अनुहार । केही बोलेनन् । मलिन अनुहार लिएर बागमतीको किनारतिर गए । नियालेर एकोहोरो हेरिरहे धमिलो बागमती ।

पाँच मिनेटमा सकिने भनिएको बिहे अलि बेरमा सकेर सबैजना बाहिरिए । तर दुलाहा दुलही भित्रै बसे । ती बृद्ध मन्दिरको गेटमा उनीहरुलाई कुर्न थाले । मन्दिरभित्रबाट बाहिरिने प्रत्येक मानिसको अनुहारमा नियालेर हेर्थे । बेलाबेलामा घाँटी तन्काएर मन्दिरभित्र पनि हेर्थे । कहिले बागमती किनारातिर जान्थे, कहिले पीपलको बोटमूनी पुग्थे । कहिले पूजाको सामान बेचिरहेकी युवतीसँग नेपाली भाषामै गफिन्थे । तर पटकपटक आँखा डुलाइरहन्थे, मन्दिरको सिँडीतिर ।

उनको नजिक गएँ । परिचय दिएँ । उनी ७५ वर्षीय बेलायती नागरिक जोन रहेछन् । मन्दिर बाहिरै घुमिरहनुको कारण उनले खोले । ‘म उत्तम संजेलको बिहेमा आएको । तर ऊ त्यहाँ इन्ट्रान्स फर वन्ली हिन्दु (हिन्दुका लागि मात्र प्रवेशाधिकार) लेखिएको रहेछ । त्यसैले भित्र गइनँ’, सूचनातिर देखाउँदै उनले भने ।

उनी बोल्दा बोल्दै भावुक भए । घोसेमुन्टो लगाए । खैरो आँखाको डिलडिलै आँशु टिलपिल टिलपिल हुन थाल्यो । चाउरिएको गालाबाट आँशुको थोपा एकएक गरी खस्न थाल्यो । उनले बिस्तारै भने, ‘के हिन्दु, के बुद्धिष्ट, के क्रिश्चियन, भगवान सबैको एकै हो ।’ त्यसपछि उनी बोलेनन् । चुपचाप बसे । रसिलो आँखाले एकपटक मन्दिरको सिडीतिर हेरे ।

‘मैले गीता पढेको छु । सबै धर्मको किताव पढेको छु । भगवान सबैको एकै हुन्छ । भगवानलाई यसरी भाग लगाउनु राम्रो होइन,’ उनी थरथर कामेको स्वरमा भन्दै थिए, ‘मन दुख्छ नि, किन नदुख्नु ? यो भगवानको घर हो । भगवानको घरमा सबै मान्छे जान पाउनुपर्छ ।’,

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ?