२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरणः शुन्यदेखि सुरु भएको अनुसन्धान पनि शंकामा !

२१ भाद्र २०७५, बिहीबार ०२:२०

भदौ २१, काठमाडौँ | एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए।

नयाँ प्रहरी टोलीले अनुसन्धान र उच्चस्तरीय छानबिन समितिले छानबिन गरेको १२ दिन भइसक्दासमेत कुनै तथ्य बाहिर नआएपछि भने उनी निराश बनेका छन् ।

बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिनु, प्रहरीले कुनै तथ्य पत्ता लगाउन नसकेको र दिलीप बिष्टको अनुसन्धानमा बढी महत्व दिइनुजस्ता कुराले फेरि न्याय पाउने कुरामा शंका लागेको उनी बताउँछन् ।

‘नयाँ प्रहरी टोलीले अनुसन्धान सुरु गरेपछि मलाई दोषी पत्ता लाग्नेमा आशा र विश्वास जागेको थियो,’ उनी भन्छन्, ‘प्रहरी टोलीको पछिल्लो व्यवहारले मैले न्याय पाउँदिन कि भनेर शंका उब्जिएको छ।’ नयाँ टोली आएर अनुसन्धान गर्न थालेको दुईसाता भइसक्दा पनि दोषीबारे कुनै तथ्य फेला पारेको आफूलाई जानकारी नदिइएको उनी बताउँछन् ।

‘निर्दोष मान्छेलाई यातना दिएर मैले हत्या गरेको हुँ भन भनेर दबाब दिने, शंकास्पद बम दिदी बहिनीलाई प्रहरीले राम्रोसँग केरकार नै नगुर्नको कारण के हो ?,’उनी भन्छन्, ‘रोशनी बमले प्रहरीमा झुठो बयान दिएकी छन्।’ खोज्न जाँदा रोशनी बमले ४/५ दिनका लागि भाँसीको घर जान्छु भनेर निर्मला गएकी हो भनेको कुरा जेठी छोरी मनिषाले सुनेको र प्रहरीमा उसले भाँसीको घर गएको पनि हुनसक्छ भनेको हुँ भनेर झुठो बयान दिएको उनको भनाइ छ ।

- यो खबर आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता