२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गार्इ–भैंसी पाल्नेका दिन आए !

२०७५, १५ मंसिर शनिबार ०२:४९

मङ्सिर १५, महोत्तरी |  ‘भैंसी पालेको थिएँ। साँझ–बिहान गरी १२/१४ लिटर दूध दिन्थ्यो। तर, दूध बेच्नै समस्या थियो’, प्रमिलादेवी महतोले विगत सम्झँदै भनिन्, ‘अब भने गाईभैंसी पाल्नेका दिन आए।’ 

महोत्तरी गौशाला नगरपालिका(१२ कान्तिबजारकी ३२ वर्षीया प्रमिलाको गोठमा अहिले चार भैंसी छन्। दुई वटाले दूध दिन्छन् । उनले एक महिनाअघि नयाँ भैंसी पनि थपेकी छन्। प्रमिला भन्छिन्, ‘गाउँमै सहकारीले दूध संकलन केन्द्र राखिदियो। अब भने जति दूध भए पनि बिक्छ ।’ दूधको रकम सहकारीले पाक्षिक रूपमा एकमुष्ठ खातामै राखिदिने गरेको बताउँदै उनले थपिन्, ‘दूध बेचेर ५५ हजारमा भैंसी किनें।’

जिल्ला दूध उत्पादक सहकारी लिमिटेड गौशाला र साना किसान कृषि सहकारी संस्था कान्तिबजारको लगानीमा १२ लाखमा गत साउन ३१ गते दूध संकलन केन्द्र स्थापना भएको थियो । कान्तिबजारस्थित पशु सेवा केन्द्र परिसरमा सहकारीले दूध संकलन केन्द्र राखेपछि प्रमिलाजस्ता तीन सय किसान लाभान्वित भएका छन् । बिहान बेलुका दूध बिक्री केन्द्रमा किसान देख्दा मेला लागेझैं लाग्छ । 

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै