भदौ ३, काठमाडौं । ओली बढी जान्ने हुँदा खादा खाँदैको गाँस नै छाडनुप¥यो यो सजिलो विषय नै होइन । तर, जे हुनु भयो । आगामी दिनमा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । ओली बढी जान्ने हुँदा खादा खाँदैको गाँस नै छाडनुप¥यो यो सजिलो विषय नै होइन । तर, जे हुनु भयो । आगामी दिनमा प"/>
२०८२, १८ फाल्गुन सोमबार
काठमाडौँ - KTM

माधव नेपाल उफ्रिंदा ओलीको निहुरीमुन्टी

२०७३, ३ भाद्र शुक्रबार ०२:२८

भदौ ३, काठमाडौं । ओली बढी जान्ने हुँदा खादा खाँदैको गाँस नै छाडनुप¥यो यो सजिलो विषय नै होइन । तर, जे हुनु भयो । आगामी दिनमा पार्टी रहे न राजनीतिक गर्ने होला नी भन्दै नेपालले धुवाधार रुपमा ओलीविरुद्ध प्रस्तुत भएपछि ओली भने कुरै नसुनी निहुरीमुन्टी न गरेर बसेका थिए । 

हुँदा खादाको प्रधानमन्त्री पदबाट नराम्ररी हात धुनुपरेपछि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई पार्टीभित्रैबाट खेद्ने क्रम सुरु भएको छ । ओलीका कारण माओवादीसँगको गठबन्धन टुटेको, गठबन्धन जोगाउन कुनै प्रयास नगरेको तथा गर्न सकिने पनि काम नगरेर केवल उखान टुक्का मात्रै सुनाउँदै हिँडेको भन्दै नेपाल पक्षका नेताहरुले बैठक बस्यो कि ओलीलाई ठोक्ने रणनीति लिएका छन् । प्रसंग हो, साउन ३१ गते धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटिको बैठकको ।

बैठक प्रारम्भ हुने बित्तिकै केपी ओलीले नेपाल पक्षका नेतालाई बोल्न दिए । नेपाल पक्षले सल्लाहअनुसार नै ओलीलाई पूर्ण रुपमा ठोक्ने लक्ष्य निर्धारण गरेका थिए । नेपाल पक्षले अर्याल होटल बानेश्वरमा बसेर आवश्यक नीति तथा योजना बनाएका थिए । सोही योजनाअनुसार नै स्थायी कमिटिको बैठकमा सबैभन्दा पहिले माधव नेपालले धारणा राखे ।

उनले भने– ‘केही मान्छेहरुले मुलुकलाई उखान टुक्कामय बनाए, हावादारी सपना बाँडे, आफूले मात्रै सबै गरेको अरुले केही नगरेको समेत भन्न भ्याए । इतिहासमा सफल प्रधानमन्त्रीको नाम लिदा मेरो नाम पनि लिइन्छ, झलनाथ जीको नाममा पनि राष्ट्रवादको छाप लागेकै छ । तर केही मान्छेहरु आफूलाई पूर्ण रुपमा आफूमात्रै पूर्ण भएको गफ लगाएर हिँडेको पनि देखिएको छ ।’

अलिक फरक रुपमा प्रस्तुत भएका नेपालले बुँदागत रुपमा ओली विरुद्ध प्रहार मात्रै गरेरनन् उखानका आधारमा चल्ने भए गठबन्धन किन नजोगाएको, प्रधानमन्त्री बनिरहन त सरकारमा सहभागी भएका अन्य दलको पनि भावना बुझ्नपर्ने थियो होला नी । सत्य निरुपण तथा मेलमिलापमा काँग्रेसका मान्छे प्रमुख छन् । सरोकार भएको पक्ष माओवादी छ, समन्वय गरेको भए राम्रै काम हुन्थ्यो, त्यसो किन नगरेको ?

राजनीतिक शक्तिका रुपमा पटक–पटक साथ लगाएर हिँडेको माओवादीलाई विश्वासमा लिन गाह्रो थिएन तर मुद्दा मामिला लगाएर बिच्क्याउन त अग्नी खरेल नै प्रयोग गरियो । लौ न बाबा तिनलाई नियुक्त नगर भन्दा भन्दै सुवोध प्याकुरेलहरुलाई कुन जस्केलाबाट छिराइयो, मैले राम्रैसँग थाहा पाएको छु । एनजिओ उचाल्ने, अनावश्यक बखेडा झिक्ने र साझेदारसँग निहु खोज्ने काम माधव नेपालले गरेको छैन । ओली पार्टी अध्यक्ष हुन् कि गुटको नेता मैले आजसम्म थाहा पाउन सकेको छैन । नेपाल पड्कदै गए ।

उनले भने लौ माओवादीले सरकार नै छाड्ने नै भयो, विगतमा किन सहमति गरेको, तीन बुँदे भद्र सहमतिमा त नेतृत्वको विषयमा प्रष्ट व्यवस्था थियो । बजेट पारित भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने, वामदेव जी यही हुनुहुन्छ । झलनाथ जी पनि सहभागी हुनुभएको हो । भीम रावललाई पनि थाहा नै छ । विष्णु पौडेल पनि त्यसको जानकार हुनुहुन्छ ।

आफ्नै पार्टीलाई मिलाउन नसक्नेले कसरी मिलाओस अरुलाई नेपाल थप कडा रुपमा प्रस्तुत भए । संसद्मा सामान्य रुपमा सरकार गठन र विघटन हुन जान्छ । नेपालको प्रक्रिया र राजनीतिक सिष्टम पनि विचित्रको छ । राष्ट्रपतिय प्रणालीमा जाने भनेर गरेको सहमति नमानेको कसले हो ? लौ भएन कार्यकारी प्रधानमन्त्री नै भएपनि प्रत्यक्ष निर्वाचित हुने प्रावधन राखौ भन्दा नमानेको कस्ले हो ?

जो आज पार्टी अध्यक्षका रुपमा विराजमान हुनुहुन्छ । हिजो माओवादीको एजेण्डा बोक्न नहुने प्रत्यक्ष निर्वाचितको विषय राखियो भने त बर्बाद नै हुन्छ जसरी प्रस्तुत हुने त पार्टी अध्यक्ष नै हो क्यार ? माधव नेपाल थप सत्य बोल्दै गए । माओवादीको एजेण्डा पनि बोक्न नहुने, उसलाई मिलाएर पनि लैजान नसक्ने जुन हुतीहार प्रवृत्ति नेतृत्वमा देखियो, त्यसैका कारण यो अराजकता सतहमा आएको हो ।

 माओवादीलाई दोष नदिउ उ परक पार्टी हो, ऊ एमालेको भातृ संगठन होइन, तर गठबन्धन तोडिहाल्ने पक्षमा माओवादी थिएन, मैले पनि पटक पटक माओवादीका नेतासँग सम्वाद गरेको छु । उनीहरु गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नै थिए । -जनआह्वान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला