2026-07-05 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ?

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अनुशासनविरुद्ध काम गर्ने जोसुकैमाथि कारबाही हुने चेतावनी दिएका छन् ।

एमालेको बुधबार बसेको सचिवालय बैठकमा ओलीले पार्टीको विधि, नीति र नेतृत्वलाई नमान्ने जोसुकै कारबाहीको भागीदार बन्नुपर्ने चेतावनी दिएका हुन् ।

बुधबारको बैठकले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ भने स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

‘पार्टीमा अनुशासन एकदमै महत्त्वपूर्ण हुन्छ । नीति, नेतृत्व र अनुशासन तोडेपछि भीम रावललाई कारबाही गरिएको हो,’ ओलीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘पार्टीमा सबैले विधि मान्नुपर्छ । जसले पार्टीको नेतृत्व र विधि मान्दैन त्यो कारबाहीको भागीदार बन्छ । नेतृत्व नमान्नेको हकमा उदार बनेर काम छैन ।’

ओलीले सरकारको विषयमा कांग्रेससँग कुनै समस्या नरहेको समेत बैठकमा ब्रिफिङ गरेका ती सदस्यले बताए । ‘प्रधानमन्त्रीले खुलेरै सरकारको विषयमा कुरा राख्नुभएन । तर, सरकारका विषयमा कुनै समस्या नरहेको बताउनुभयो,’ सचिवालयका ती सदस्यले भने ।

उनका अनुसार परराष्ट्र मन्त्री आरजु राणा देउवाको भारत भ्रमणका विषयमा पनि बढी हल्ला मात्रै भएको ओलीले बैठकमा टिप्पणी गरे ।

‘आरजु बोलेकी छैनन् । तर, अरुले भारत हेर्न गए जसरी कुरा गरेका छन् । टेलिस्कोपबाट हेरेको जस्तो गरेका छन्,’ ओलीले बैठकमा भनेका थिए, ‘भारतले दिनुपर्ने बेलामा भाउ दिएकै छ । तर, अहिले (परराष्ट्र मन्त्रीको भारत भ्रमणबारे) बढी हल्ला मात्रै भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै