2026-09-21 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान

काठमाडौँ | मोरङको जहदा गाउँपालिका-३ की २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीले म्याद थपगरी अनुसन्धान शुरू गरेको छ ।

मोरङ प्रहरीले पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरू गरेको हो ।

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ कटहरी गाउँपालिका २ का २० वर्षीय महमद रमजान, ठाउँका १९ वर्षीय सुनिलकुमार साह र भारत विहार घर भई हाल कटहरी-२ बसी ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध मोरङ अदालतमा बिहीबार अपहरण, शरीर बन्धक राखि ज्यान मार्ने उद्योग र जबरजस्तीकरणी मुद्दामा म्याद थपगरी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पुस ९ गते दिउँसो अन्दाजी १२:५० बजे ती महिलामाथि तीन जनाले कटहरी गाँउपालिका वडा नं. २ कदमगछिस्थित बाँसघारी नजिक खेतमा सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारपछि दुवै हात र खुट्टा बाँधेको र मुखमा समेत कपडा कोचेको अर्धचेत अवस्थामा उनी फेला परेकी थिइन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी