भदौ ४, काठमाडौं । एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदन भण्डारीको अवसानसँगै खुकुलो हुँदै गयो । दुवै एक–अर्काका प्रतिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, काठमाडौं । एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदन भण्डारीको अवसानसँगै खुकुलो हुँदै गयो । दुवै एक–अर्काका प्रतिस"/>
२० माघ २०८२, सोमबार
काठमाडौँ - KTM

केपी–वामदेवको सम्बन्ध यसरी बिग्रियो

४ भाद्र २०७३, शनिबार ०२:१९

भदौ ४, काठमाडौं । एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदन भण्डारीको अवसानसँगै खुकुलो हुँदै गयो । दुवै एक–अर्काका प्रतिस्पर्धीका रूपमा अगाडि बढे । महाकाली सन्धिको विवादमा आएर दुई नेता पहिलोचोटि स्पष्ट रूपमा विभाजित भए ।

त्यसअघि २०५१ सालमा पहिलोपटक एमालेको नौ महिने सरकार बनेपछि केपी र वामदेवको दूरी बढ्न थालिसकेको थियो । माधव नेपाल उपप्रधानमन्त्री, परराष्ट्र तथा रक्षामन्त्री तथा केपी शक्तिशाली गृहमन्त्री भए ।

गौतमलाई विधानमै नभएको उपमहासचिव पद खडा गरेर पार्टी कामको जिम्मा लगाइयो । खासमा त्यसवेला उनलाई पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिइएको थियो ।

पार्टी केन्द्रमा आएदेखि महाकाली सन्धि संसद्बाट अनुमोदन हुनुअघिसम्म ओली–गौतमको राजनीतिक धुरी एकै थियो । तर, पार्टी सरकारबाट बाहिरिएपछि गौतम ‘माइनस’मा पर्न थाले ।

तत्कालीन महासचिव नेपाल र ओली दुवैले उपमहासचिवबाट राजीनामा दिन दबाब दिएपछि गौतमले आफ्नो भूमिकाको अवमूल्यन भएको ठान्दै झोक्किएर उपमहासचिव र केन्द्रीय कमिटी सदस्य दुवै पदबाट राजीनामा दिए ।

तर, केन्द्रीय कमिटीबाट दिएको राजीनामा अस्वीकृत, उपमहासचिवको राजीनामा मात्रै स्वीकृत भयो । उपमहासचिव पद खारेजीपछि गौतम पार्टी संस्थापनसित असन्तुष्ट बन्न थालेको जानकारहरू बताउँछन् ।

मदनसँगै बसेर मदिरा पिउँथे केपी–वामदेव

पार्टी विभाजन पहिले दुई नेताबीच हार्दिकतापूर्ण र अनौपचारिक प्रकृतिका सम्बन्ध पनि थिए । दुवै नेता डेरामा बाक्लै आवतजावत गर्थे । ओलीले गौतमलाई आफ्नै डेरामा पनि बोलाउाथे । चौथो र पााचौा महाधिवेशनको बीचमा उनीहरूबीच असाध्यै राम्रो दोस्ती थियो । 

तिनताका मदन भण्डारीसहित केपी र वामदेव सागै बसेर रमाइलोका लागि बेलुकी हल्का मदिरापान गर्दै मजाक पनि गर्थे । कहिले मदनकोमा त कहिले कसकोमा उनीहरू छलफल र रमाइलोका लागि बस्ने गर्थे ।  -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार