१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको केन्द्रीय समितिमा खुला र समावेशी बराबर

१४ पुष २०७८, बुधबार ०५:०८

पुस  १४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मङ्गलबार बसेको स्थायी समिति बैठकमा समावेशीको क्लस्टर मिलाउने विषयमा छलफल भएको छ।

बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ। पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेलले निर्वाचन आयोगको व्यवस्थाअनुसार पनि समावेशीलाई व्यवस्थापन गर्नुपर्ने भएकाले थप गृहकार्य गर्न लागिएको जानकारी दिए।

बैठक विधान र समावेशी क्लस्टरका बारेमा छलफल गर्न बसेको र निर्वाचन आयोगको ढाँचालाई आधार मान्नुपर्ने हुन्छ भन्दै उनले थपे, “क्लस्टरको निर्णय भइसकेको छैन। ५०/५० प्रतिशत गर्ने कुरा आएको छ तर महिला ३५, दलित १५, युवा २० र मुस्लिमलाई छुट्याइएको पाँच प्रतिशत नघट्ने गरी व्यवस्थापन हुनेछ।”

प्रस्तावमा ५० प्रतिशत प्रतिनिधित्व खुला र ५० प्रतिशत समावेशीतर्फ छुट्याइयो भने समावेशीतर्फको ५० प्रतिशतलाई सय मानेर सबैलाई समावेश गर्नुपर्ने हुन्छ। जसले गर्दा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत घट्ने सम्भावना देखिएको छ।

यसैबीच स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय उपलब्ध गराउने निर्णय गरेको छ। प्रतिवेदनमाथि मङ्गलबार दिनभर विभिन्न २५ वटा समूहले छलफल गरेका छन्। छलफलबाट आएको निष्कर्षलाई बुधबार १ बजे बन्दसत्रमा समूहगत रूपमै पेस गर्ने कार्यतालिका रहेको गजुरेलले बताए। यो समाचार गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का