चैत्र २८, काठमाडौँ | गुजरातको भारुच जिल्लामा सोमबार एक केमिकल फ्याक्ट्रीमा आगलागीका कारण बिस्फोट भएको छ । यसमा ६ मजदुरको मृत्यु भएको छ ।
घटना अहमदाबादभन्दा करिब २३५ किलोमिटर टाढा दहेज इन्डष्ट्रियल एरियामा बिहान करिब तीन बजे भएको हो ।
भारुचका एसपी लिना पाटिलका अनुसार मजनुर एक रियाक्टर नजिकै काम गर्दथे जसमा अचानक बिस्फोट भयो ।
यसले त्यहाँ भएका सबैको मृत्यु भयो । शवलाई पोस्टमार्टमका लागि लगिएको छ ।