२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईटी कम्पनीले कर्मचारीलाई दियो डेढ करोडको बीएमडब्लू कार

२८ चैत्र २०७८, सोमबार १०:१५

चैत्र २८, काठमाडौँ | चेन्नईको प्रविधि कम्पनी किसफ्लो इङ्कले राम्रो काम गर्ने ५ कर्मचारीलाई गत साता उपहारमा डेढ करोड रुपैयाँभन्दा बढीको बीएमडब्लू कार दिएको छ । कम्पनीका सिईओले कोरोना महामारीको समयमा अस्तित्वमा आएको संकटबाट माथि उठ्न र विपरीत परिस्थितिमा पनि कमाई गर्न सहयोग गर्ने सिनियर पाँच कर्मचारीलाई यो उपहार दिएको हो ।

यद्यपि कर्मचारीलाई भने पहिलेदेखि नै उपहारका बारेमा कुनै जानकारी थिएन । उनीहरुलाई कार्यक्रमको बारेमा केही घण्टा अघिमात्र जानकारी दिइएको थियो, त्यतिबेला उनीहरुले हाकिमसँग खाना खाने कार्यक्रम हुन सक्छ भन्ने सोचेका थिए ।

कम्पनीका सीईओ सुरेश सम्बन्दमले कर्मचारीलाई कारको साँचो हस्तान्तरण गरेपछि भने, ‘यी पाँच कर्मचारीले प्रतिकुल परिस्थितिमा पनि मेरो साथ दिएका थिए । उनीहरु बिना किसफ्लो त्यो हुन सक्दैनथ्यो, जुन आज भएको छ र यो प्रशंसाको एक अत्यन्त सानो टोकन हो ।’

उपहार पाउने मध्येमा केही अत्यन्त साधारण पृष्ठभूमिका छन् । बीएमडब्लूू कार उपहारस्वरुप दिइएका पाँच कर्मचारीमा सबै सुरुवात देखिनै कार्यरत रहेको सिईओले बताएका छन् । उपहार पाउने मध्येमा केही अत्यन्त साधारण पृष्ठभूमि भएका र कम्पनीमा आबद्ध हुनुभन्दा पहिले धेरै चुनौतीको सामना गरिसकेका छन् । सम्बन्दमले भने, ‘हामीमाझ मुस्किल समय थियो ।’

नेभी ब्लूू ५ सिरिजका यी कारको मूल्य भारु १ करोड छ । उपहार पाउने कर्मचारीमा चिफ प्रोडक्ट अफिसर दिनेश बरदराजन, प्रोडक्ट मेनेजर कौशिकराम कृष्णसाई, निर्देशक विवेक मदुराई, निर्देशक आदि रामानाथन र उपाध्यक्ष प्रसन्नता राजेन्द्रन छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा