२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईटी कम्पनीले कर्मचारीलाई दियो डेढ करोडको बीएमडब्लू कार

२०७८, २८ चैत्र सोमबार १०:१५

चैत्र २८, काठमाडौँ | चेन्नईको प्रविधि कम्पनी किसफ्लो इङ्कले राम्रो काम गर्ने ५ कर्मचारीलाई गत साता उपहारमा डेढ करोड रुपैयाँभन्दा बढीको बीएमडब्लू कार दिएको छ । कम्पनीका सिईओले कोरोना महामारीको समयमा अस्तित्वमा आएको संकटबाट माथि उठ्न र विपरीत परिस्थितिमा पनि कमाई गर्न सहयोग गर्ने सिनियर पाँच कर्मचारीलाई यो उपहार दिएको हो ।

यद्यपि कर्मचारीलाई भने पहिलेदेखि नै उपहारका बारेमा कुनै जानकारी थिएन । उनीहरुलाई कार्यक्रमको बारेमा केही घण्टा अघिमात्र जानकारी दिइएको थियो, त्यतिबेला उनीहरुले हाकिमसँग खाना खाने कार्यक्रम हुन सक्छ भन्ने सोचेका थिए ।

कम्पनीका सीईओ सुरेश सम्बन्दमले कर्मचारीलाई कारको साँचो हस्तान्तरण गरेपछि भने, ‘यी पाँच कर्मचारीले प्रतिकुल परिस्थितिमा पनि मेरो साथ दिएका थिए । उनीहरु बिना किसफ्लो त्यो हुन सक्दैनथ्यो, जुन आज भएको छ र यो प्रशंसाको एक अत्यन्त सानो टोकन हो ।’

उपहार पाउने मध्येमा केही अत्यन्त साधारण पृष्ठभूमिका छन् । बीएमडब्लूू कार उपहारस्वरुप दिइएका पाँच कर्मचारीमा सबै सुरुवात देखिनै कार्यरत रहेको सिईओले बताएका छन् । उपहार पाउने मध्येमा केही अत्यन्त साधारण पृष्ठभूमि भएका र कम्पनीमा आबद्ध हुनुभन्दा पहिले धेरै चुनौतीको सामना गरिसकेका छन् । सम्बन्दमले भने, ‘हामीमाझ मुस्किल समय थियो ।’

नेभी ब्लूू ५ सिरिजका यी कारको मूल्य भारु १ करोड छ । उपहार पाउने कर्मचारीमा चिफ प्रोडक्ट अफिसर दिनेश बरदराजन, प्रोडक्ट मेनेजर कौशिकराम कृष्णसाई, निर्देशक विवेक मदुराई, निर्देशक आदि रामानाथन र उपाध्यक्ष प्रसन्नता राजेन्द्रन छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस