२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ हजार फिटको उचाइमा युवकले गरे खतरनाक स्टन्ट : राखे विश्व कीर्तिमान

२०७८, २८ चैत्र सोमबार १५:१५

चैत्र २८, काठमाडौँ | आजकल युवामा स्टन्टको क्रेज व्यापक नै रहेको छ । तपाईंले यस्ता कयौँ भिडियोहरु सोसल मिडियामा देख्नु भएकै होला, जसमा रोचक दृश्यहरु देख्न सकिन्छ । कयौँ पटक त मानिसले आफ्नै ज्यान जोखिममा राखेर आफ्नो स्टन्टको उत्कृष्ट उदाहरण दिएको देख्न सकिन्छ ।

एक यस्तै भिडियो पछिल्लो समयमा सोशल मिडियामा तीव्र रुपमा भाइरल भइरहेको छ, जसमा ब्राजिलका एक व्यक्तिले हजारौँ फिटको उचाइमा मिडएयर रोपवाक गरेको देखिएको छ ।

सोसल मिडियामा यसको भिडियो व्यापक रुपमा भाइरल भइरहेको छ । प्रयोगकर्ता पनि यस्तो स्टन्ट भिडियो हेर्न खुबै मन पराउँछन् ।

भाइरल भइरहेको यो भिडियो ब्राजिलको हो । जसमा राफेल जुग्नो ब्रिडी नामका  एक व्यक्तिले ६,३२६ फीटको उचाइमा १८ मिटर वा ५९ फिटको दुरीमा दुुई तातो हावाले भरिएको बेलुनका बीच बाँधिएको डोरीमा नांगो खुट्टाले हिँडिरहेको देख्न सकिन्छ ।

जमिनबाट १९०१ मीटरको उचाइमा हिँडेर राफेल जुग्नो ब्रिडीले विश्व कीर्तिमान राख्दै आफ्नो नाम गिनिज वर्ल्ड रिकर्डमा दर्ता गराएका छन् । राफेल जुुग्नो ब्रिडीले देखाएको यो स्टन्टको उचाई विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा भन्दा दुुई गुणा बढी हो । यो भिडियोले हालसम्म ९ लाख भ्यूज पाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी