२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ हजार फिटको उचाइमा युवकले गरे खतरनाक स्टन्ट : राखे विश्व कीर्तिमान

२८ चैत्र २०७८, सोमबार १५:१५

चैत्र २८, काठमाडौँ | आजकल युवामा स्टन्टको क्रेज व्यापक नै रहेको छ । तपाईंले यस्ता कयौँ भिडियोहरु सोसल मिडियामा देख्नु भएकै होला, जसमा रोचक दृश्यहरु देख्न सकिन्छ । कयौँ पटक त मानिसले आफ्नै ज्यान जोखिममा राखेर आफ्नो स्टन्टको उत्कृष्ट उदाहरण दिएको देख्न सकिन्छ ।

एक यस्तै भिडियो पछिल्लो समयमा सोशल मिडियामा तीव्र रुपमा भाइरल भइरहेको छ, जसमा ब्राजिलका एक व्यक्तिले हजारौँ फिटको उचाइमा मिडएयर रोपवाक गरेको देखिएको छ ।

सोसल मिडियामा यसको भिडियो व्यापक रुपमा भाइरल भइरहेको छ । प्रयोगकर्ता पनि यस्तो स्टन्ट भिडियो हेर्न खुबै मन पराउँछन् ।

भाइरल भइरहेको यो भिडियो ब्राजिलको हो । जसमा राफेल जुग्नो ब्रिडी नामका  एक व्यक्तिले ६,३२६ फीटको उचाइमा १८ मिटर वा ५९ फिटको दुरीमा दुुई तातो हावाले भरिएको बेलुनका बीच बाँधिएको डोरीमा नांगो खुट्टाले हिँडिरहेको देख्न सकिन्छ ।

जमिनबाट १९०१ मीटरको उचाइमा हिँडेर राफेल जुग्नो ब्रिडीले विश्व कीर्तिमान राख्दै आफ्नो नाम गिनिज वर्ल्ड रिकर्डमा दर्ता गराएका छन् । राफेल जुुग्नो ब्रिडीले देखाएको यो स्टन्टको उचाई विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा भन्दा दुुई गुणा बढी हो । यो भिडियोले हालसम्म ९ लाख भ्यूज पाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा